किरात विशेष कार्यक्रम सम्पन्न

0
259

किरात हाङसाम साम्यो पाञ्जुम्भो नामक संस्थाको आयोजनामा इलामको चुलाचुली–४, शनिवारेमा गत पौष १ र २ गते किरात विशेष सांस्कृतिक, साहित्यिक र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

“किरात संस्कार, संस्कृति हाम्रो पहिचान। चेतनशील समाज निर्मा गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ दुई दिने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले द्वीप प्रज्वलन गरी गर्नु भएको थियो । प्रमुख अतिथि बुढाले उद्घाटन मन्तव्य व्यक्त गर्दै जनस्तरबाटै आफ्नो संस्कृतिको संरक्षण र विकासमा जोड दिनु स्वागतयोग्य काम भएको बताउँदै राज्यले पनि यसप्रति ध्यान दिनु पर्ने बताउनु भयो ।

उद्घाटन समारोहमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय मानव अधिकार पर्यवेक्षक चन्द्र बहादुर याङयोले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, राजमो इलामका नेता ब्रत कुमार राई, अन्य राजनीतिक दलका नेता समाजसेवी, बुद्धिजीवीहरुलाई पनि अतिथि आसन ग्रहण गराइएको थियो ।

कार्यक्रममा किरात धर्मशास्त्र मुन्धुममा आधारित प्राचीन किरातहरुको जीवनशैली, किरातका पुर्खा राजा यलम्बर, धार्मिक गुरु फाल्गुनानन्द, इतिहासविद इमान सिंह चेम्जोङ लगायतका व्यक्तिहरुको स्मरण गराउने गरी प्रदर्शन समेत गरिएको थियो । किरात जातिगत नृत्य तथा झाँकी प्रदर्शन, लिम्बु जातिको आदिम कालीन भेषभुषा वा प्रदर्शन, साहित्यिक रचनाहरुको प्रस्तुति, कलाकारद्वारा गायन र नृत्य जस्ता कार्यक्रमहरु गरिएका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता हर्क लिम्बु र सञ्चालन आशिल लिम्बुले । कार्यक्रमको अन्तमा पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here