“किनकि कलमले जनता जगाउँछ”

0
247
pen

कविता

                                                                                         
कलमलाई भाँच्न खोज्दैछन् तानाशाहहरुमनु वि.क.
किनकि कलमले
काला करतुतहरु लेख्छन्
कलमलाई रोक्न खोज्दैछन्
कट्टरपन्थीहरु
किनकि कलमले अन्धकार रोक्छन्
कलमलाई शत्रु ठान्छन् शोषकहरु
किनकि कलमको शक्ति अजय छ
कलमलाई दबाउन खोज्छन् जालीहरु
किनकि कलमले  जालझेल च्यात्छन् ।
कलमसँग डराउँछन् सत्ताधारीहरु
किनकि कलमले सत्ताको जग भत्काउँछ
कलमप्रति औंला ठड्याउँछन् सामन्तहरु
किनकि कलमले जनता जगाउँछ
कलममाथि सक्दो शक्ति खनिन्छ
किनकि कलमले संसार उठाउँछ
कलमसँग डराउँछ महाजन
जसले जनता दबाउँछ
तर उनीहरुलाई थाहा हुनु पर्ने हो
एउटा कलम भाँचिए अर्को बन्छन्
कलम जता सुकै बनिरहेका छन्
रोकिदैन कहिल्यै भनिरहेछन्
सकिंदैन मसि भनिरहेका छन्
त्यसैले
अबका दिनहरुमा कलमहरु धेरै छन्
एउटाले छाडे अर्कोले थाहा पाउँछन्
फेरि सल्बलाउँछन्
र सत्ता खलबलाउँछन् ।।
–मनु वि.क.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here