गजल
काम गरी थकाई लागे बस है भन्ने कस्ले ?
हात भरी ठेला हून्छन कठै भन्ने कस्ले ?
अल्छि भई अबेर सम्म सुत्दा ओछ्यानमा
चिया चिसो भो खाउ छोरा झट्टै भन्ने कस्ले ?
प्रदेसीको जिवन यो बैराग लाग्छ साथी
सोल्मारी जाँम टुच्च लाँम लठ्ठै भन्ने कस्ले ?
भोक लाग्छ प्यास लाग्छ बिरानो यो ठाँउमा
भात पस्के लौ आऊ बाबु झट्टै भन्ने कस्ले ? ।।
(सबै प्रदेशीहरुमा समर्पीत)
हिमाल सागर शर्मा
निशिखोला गाउपालिका ४, बाग्लुङ