यसरी मनाइयो १३० औ मे दिवस

0
289

काठमाडौं ,१८ बैशाख । फुलको गमलामा प्रमुख अतिथीले पानी हालेर सिंचाइ गर्दै काठमाडौंमा १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रमको उद्घाटन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनपिर्य नेता चित्र बहादुर केसि । अखिल नेपाल ट्रेड युनियन महासङ्घ ( अन्टुक ) ले काठमाडौंको बागबजार स्थित होटल हार्दिकको राजधानी हलमा सो १३० औ मे दिवसको कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिथी केसिले मे दिवसको इतिहास रगत त पसिना बाट निर्मित भएको बताउनु भएको छ ।
” मे दिवसको इतिहास मजदुरहरुको रगत र पसिना बाट निर्मित भएको हो।” – अध्यक्ष केसिले भन्नू भयो- ” तर अहिले त्यो इतिहास माथी विभिन्न अवसरबादी र संसोधनबादी पार्टी/ सङ्गठन हरुले खेलवाड गरिरहेका छ्न । बास्तवमा उनिहरुलाइ मे दिवस मनाउने नैतिक अधिकार छैन , उनिहरुले मे दिवसको वास्तविक मर्मलाइ धेरै पहिले त्यागी सकेका छ्न ।” यो सत्ता र शक्तिसित जनता चिढिएको बताउदै अध्यक्ष केसिले तर अहिले गणतन्त्र भन्दा उत्तम ब्यवस्था ल्याउन सक्ने अवस्था नरहेको प्रस्ट पार्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिस्ठ बामपंथी बुद्धिजीवी कृष्णराज पौडेलले मजदुर बर्गको चेतना स्तर उठाउन हामिले निरन्तर प्रयास गर्नु पर्ने बताउनु भयो । ” प्रतिक्रियाबादी ब्यवस्था बाट मजदुर बर्गको मुक्ति हुन सक्दैन ।” – नेता पौडेलले भन्नू भयो -” त्यसैले हामी यो प्रतिक्रियाबादी ब्यवस्थालाइ समुलरुपमा नष्ट गर्ने वर्गसंघर्षको बाटोमा हामी लागिरहनु पर्दछ ।” देश अतेन्त सङ्कटको अवस्थामा रहेको बताउदै सम्बोधनको क्रममा नेता पौडेलले देशको राष्ट्रियता, सार्बभौमिकता,र अखण्डताका पक्षमा आन्दोलनको आधिबेहरी सृजना गर्नु पर्ने बेला आएको बताउनु भयो । नयाँ पुस्ताले देश क्रान्ती र देश निर्माणको जिम्मेवारी लिनु पर्ने उहाँको भनाइ थियो । सो कार्यक्रमलाई नेकपा ( मसाल)का प्रवक्ता रामप्रकास पुरी , अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मिना पुन र अखिल नेपाल कानुन ब्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोका लगायतका अथितिहरुले समेत सम्बोधन गर्नु भएको थियो ।

अन्टुकका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता, महासचिव लोकराज भुषालको सन्चालन र कोषाध्यक्ष पुर्षोत्तम कार्किको सन्चालनमा कार्यक्रम अघि बढेको थियो । प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा, माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाही ,कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य सुर्य सुवेदी , राजमोकि केन्द्रिय सदस्य लक्ष्मी केसि , युवा नेता आनन्द शर्मा र अखिल नेपाल राष्ट्रिय उध्धोग व्यापार सङ्घका शिबहरी खनाल लगायतका अतिथिहरुको समेत आथिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here