निलिमा पुन, काठमाडौं
कात्रो किनेर राख मेरी आमा
म एकसरो कपडामा घर बाहिर निस्किएकी छु
घाँसदाउरा गर्दा बनमा एक्लै हुन्छु
स्कुल जाँदा आउँदा बाटोमा एक्लै हिड्छु
कामको लागि टाढा–टाढासम्म पुग्छु
मलाई थाहा हुदैन कस्ले षड्यन्त्र रच्छ
मानवरुपी दानवहरु यही समाजमा बस्दारहेछन्
एक्लै एक्लै हिड्दा जालीको खेलमा पर्न सक्छु
साँझ घर फर्केन भने म अपहरणमा परेको हुनेछु
त्यसपछि त मेरो सबथोक घुम्नेछ
मेरो एकसरो लुगा पनि च्यातिनेछ
नाङ्गो पारेर मेरो लाश कतै फ्यालिएको हुनेछ
त्यो थाहा पाउनासाथ तिमी चिच्याउनेछौ,
हो त्यति वेला मेरो नाङ्गो शरीर छोप्नको लागि
कात्रो किनेर राख्नु आमा ।
लाज त अपराधीलाई होइन तिमीलाई लाग्ने छ
निर्वस्त्र मेरो शरीर देख्दा तिमी झन् भक्कानिने छौ
गर्व मै असुरक्षित छोरी म जवर्जस्त जन्मिए पनि,
आफ्नै समाजभित्र म असुरक्षितछु
त्यसैले सचेत बन आमा ।
मेरो लागि कात्रो किनेर राख आमा ।