कस्तो छिमेकि । (कविता)

0
307

।।
नाका बन्द गरिदिन्छ ताला बन्द गरिदिन्छ
नेपालका शासकको झोली टन्न भरीदिन्छ
सच्चा मित्र भन्दै सधै भरी झ्याली पिटाउँछ
हाम्रै नदी हाम्रै खून चूसी प्यास मिटाउँछ
।।
नेपालको भूमि मिच्दै सीमास्थम्भ ढलाएर
हस्तक्षेप गरेकोछ आफ्ना सेना पठाएर
नेपालीले दुख कष्ट भोग्दा सधै हाँसीदिन्छन्
हाम्रै नेता सधै तिन्कै इसारामा नाचिदिन्छन्
।।
यो नेपाल लाई पनि सिक्किम झै बनाउने
प्रयास छ नेपालको अस्तित्व नै मेटाउने
बारबार बदलिन्छ सत्ता उस्कै चाहानामा
स्वार्थ पूर्ति गरिरा’छ भिन्न भिन्न बाहानामा
।।
हाम्रै नदी नाला बाट बिद्धुतिय तार जोड्छ
चर्को मूल्य लगाएर हामीलाई उल्टै बेच्छ
हाम्रो अर्थ व्यवस्थामा नकारात्मक् असर छ
नदीनाला नहरमा उस्को सधै नजर छ
।।
नसुतौं भो अब हामी अन्यायको जाल ओढी
जाउँ सबै सिमानामा बन्दूक र भाला बोकी
जाग उठ नेपाली हो शत्रु मित्र चिन्नु पर्छ
देश लुट्ने दुश्मनको अब घाँटी छिन्नु पर्छ ।
।।

केशव गाहा पाल्पाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here