कटक नगर समितिको ११औं सम्मेलन सम्पन्न

0
390
कटक, १७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समिति अन्तर्गत कटक नगर समितिको ११ औं सम्मेलन सम्पन्न भएको छ ।
       सम्मेलनले शिवकुमार सुतारको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– मनु विक, सचिव– हुकुम ओली, सहसचिव– लक्ष्मण राणा र कोषाध्यक्ष– चन्द्र बाकवल रहेका छन् । त्यस्तै सदस्यहरुमाः विष्णु श्रीनेत, नर बहादुर विक, किसान सुनार, राजु सुनार, वैकल्पिक सदस्यमाः सुन्तली माझी र अन्जु थापा रहेका छन् । सम्मेलनले सल्लाहकारमा माधव खत्री, राजु माझी, तुलाराम शर्मा र जापान सिंह थापालाई चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो ।
         केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमकुमार थापा, केन्द्री सदस्य गिरीराज परियार, केन्द्रीय परिषद सदस्य सम्मर बहादुर माझी, क्षेत्रीय समितिका केशव क्षेत्री, भूवनेश्वर नगर समितिका अध्यक्ष रेकम जिसी, विद्यार्थी सिद्धान्त माझी, महिला विभागकी शसिकला जिसी लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
          सिवा कुमार सुतरको अध्यक्षता तथा हुकुम ओलीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई विष्णु श्रीनेत र कलाकारहरुले स्वागत गरेका थिए । सम्मेलनको उद्घाटन प्रमुख अतिथि हेमकुमार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here