माया मगरको माया चित्रकलामा

0
562

पहिले कलालाई माया गरौं फेरि कलाकारलाई अपनाऔं । “कला मृत्यु पछिको जीवन हो” नाच्नु गाउनु मात्रै कला होइन । कला हरेक विधामा हुन्छ ।

आवश्यकताले हरेक मानिसहरुलाई एउटा न एउटा शिपको दक्ष बनाई दिएको हुन्छ । मात्र फरक यति होकी कलालाई प्रदशर्न गर्न सक्ने क्षमता सबैमा हुँदैन । त्यो क्षेमता आफै निकाल्न प्रयत्न गर्नु पर्दछ एवं सक्नुपर्छ ।

यस्तै कलाकी खानी चित्र कलाकार चितवन कि माया मगर चित्रकारितामा अतिनै मोहित भएकी छिन् । उनलाई चित्र कोर्न असाध्यै मन पर्छ आफ्ना आफन्त साथीभाई अनि फ्यानहरुको चित्र कोरिसकेकी छिन् ।

उनी यहाँसम्म आउँदा कुनै गुरुको आबश्यक्ता परेन । घरपरिवारको पूरा सहयोगमा आफ्नो निखारता चित्रमा उतार्ने गर्छिन । उनी भन्छिन ‘यो काम आफै मनैदेखि सिकेको, आजकल अर्डर आएमा जस्तो पनि चित्र कोर्न सक्ने र अर्डर अनुसार कतिपय चित्रहरु कोरिसकेकी छु ।” उनले कोरेका केहि चित्रहरु हामीले सार्वजनिक गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here