ओली मन्त्रीमण्डल २२ सदस्यीय पुग्यो, महिलाहरुद्वारा असन्तुष्टि

0
355

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद विस्तार गरेका छन् । चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आजको मन्त्रीमण्डल विस्तार सँगै नेकपा एमालेबाट प्रधानमन्त्रीसमेत १३ र नेकपा माओवादी केन्द्रबाट आठ सदस्य छन्।

प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिषद्‍मा महिलाको सङ्ख्या न्यून रहेको भन्दै सत्तापक्षभित्रै असन्तुष्टि सुनिएको छ। शुक्रवार गरिएको विस्तारसँगै मन्त्री र राज्यमन्त्री दुई-दुई गरी महिलाको सङ्ख्या चार पुगेको छ। तर त्यो संविधानको भावनाविपरीत रहेको सत्तापक्षकै नेत्रीको आरोप छ।

प्रधानमन्त्री

१)केपी शर्मा ओली – सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या

मन्त्री

२) ईश्वर पोखरेल – रक्षा

३) रामबहादुर थापा -गृह

४) प्रदीपकुमार ज्ञवाली – परराष्ट्र

५) वर्षमान पुन -ऊर्जा, जलस्रोत तथा सिँचाइ

६) गिरिराजमणि पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि

७) मातृकाप्रसाद यादव – उद्योग, वाणिज्य तथा आपूर्ति

८) रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात

९) गोकर्ण बिष्ट – श्रम,रोजगार तथा सामाजिक सुरक्षा

१०) शक्तिबहादुर बस्नेत – वन तथा वातावरण

११) लालबाबु पण्डित – सङ्घीय मामिला तथा सामान्य प्रशासन

१२) थममाया थापा – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१३) युवराज खतिवडा – अर्थ

१४) जगत् विश्वकर्मा – युवा तथा खेलकुद

१५) रवीन्द्र अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१६) शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय मामिला

१७)चक्रपाणि खनाल – कृषि, भूमि व्यवस्था तथा सहकारी

१८) बीना मगर- खानेपानी

राज्यमन्त्री

१९) पद्माकुमारी अर्याल-स्वास्थ्य तथा जनसङ्‌ख्या

२०) गोकुलप्रसाद बाँस्कोटा -सञ्‍चार तथा सूचना प्रविधि

२१) धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२२) रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी

(स्रोत: प्रधानमन्त्रीको कार्यालय)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here