-लक्षीराम आचार्य
जव म गुच्चा खेल्दै थिएँ
त्यतिबेला त्यो गुच्चा लुटने को थियो ?
तिमीलाई त थाहा छ नि है
अबोध बालकको
खुसी खोस्न हुन्न भन्ने
तर इतिहासको पानामा त
तिम्रै नाम छ त त्यो टोलीमा
तिम्रै फर्मानले
मेरो खुशी लुटिएको रेन्त ?
केही छैन साथी त्यो गुच्चा
तिमिले म जस्तै
आफ्नै छोरालाई त दिएका होलाउ नी है ?
किन कि त्यो तिम्रो छोरो मात्र हैन
ऊ मस्तै बालक पनि हो
त्यसैले म लुटिए पनि
ऊ त खुसी भएको होलानी
तर नि साथी
आज एउटा कुरा भन्न मन छ
तिमी कस्तो अभिजाती मानव
त्यही पिडा मलाई हुदाँ हाँस्छौ
अनि आफुँलाई पर्दा मूर्छित हुन्छौ
फिजाउँछौ भ्रमका शब्द जालहरू
तैनाथ गर्छौ ठिमाहा सिपाहीहरू
जसले आफ्नो वर्ग चिन्दैनन्
चिन्छन त केवल लालसा
बजार्छन गद्धारिपूर्ण चाकरी
खोज्न र चिन्न सक्दैनन्
इतिहास प्रतिको घात र मजाक
फलाक्छन तिम्रो इसारामा
निर्लज्ज लेखिएका
किमदन्ती दन्त्य कथाका हरफहरू
अनि बर्वराउदै हिड्न थाल्छन
खुबियाका सन्तानहरू झैं
तिमीलाई खोपीको वेदना सम्झी
देवव्याकरण गर्दै
कुत्सित सपना पुरा गर्न
परिचालित छन अझै तिम्रा प्यादाहरू
त्यसैले त ए साथी ।
चटक्क नबिर्स न त्यो लामो साथ
जहाँ नयाँराम को आगमनमा
स्वागत गर्दै बार्ह्रवनमा परेड संगै गरेको
चुरेको काखमा भिमकाय पत्थरसँग प्रित लाएको
तालबन्दको उकालोमा
संगै बोकेको सातु बाडेर खाएको
मलवाराका घना जंगलभित्र
वर्ग संघर्षको योजना बुनेको
माहाकालीको झुलुङ्गे पुलमा
फौजी अभ्यास कवज गरेको
मेचि ,कोशी ,वर्दिबास हुँदै
सुनकोशीको सुसाई सितै
तिरै तिर सुसेलिले बोलाउँदै
धुलिखेलमा शंखनाद गर्दै
राजधानी समेतलाई झक्झकाएको
ए साथी तिमी र मैले हैन र ?
हो नि है ,ए साथी
किन आज हाम्रो त्यो इतिहासलाई
नजर अन्दाज गर्दैछौ तिमी
शहिदहरूले बलिदानी गरिसके
मेरो गल्ती भए मलाई सुधार साथी
तर दासता स्वीकारिन्न
मेरो कमजोरी भए आलोचना गर साथी
त्यो वर्ग संघर्षका लागी
हामीले तयार गरेको बाटो किन बन्द गर्दैछौ
किन लिलामी मोल तोक्दैछौ हिजका वेगारीहरूको
अभ्यस्त भएका छौ अरे बेगारी छोडेर
तिमीले भगाएकाहरू , फर्किन्नन् भनेर
ए साथी तिम्रो र मेरोअन्तर त्यही छ ।
म भन्छु मजदुर मजदुरी खोज्दै आउने छ
तिमी भन्छौ ऊ अझै डराएर भाग्ने छ
त्यसैले साथी तिमी मालिक होईन
हामी मजदुर साथी बनौं
समानताको गोरेटो फराकिलो पार्दै
हिजो आज र भोलिका साथीहरूको
सहयात्राको माला बनाउँदै
अगाडी वढौं
ए मेरो प्यारो साथी ।