कोरोनाका कारण स्पेनमा १२२ जनाको मृत्यु, सरकारद्वारा आपतकालिन अवस्थाको घोषणा

1
237

स्पेन। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्पेनको सरकारले देशभर नै आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्जेसले शुक्रवार उक्त घोषणा गरका हुन । प्रधानमन्त्री सान्जेसले मानिसहरुलाई घरमै बस्न आग्रह गरेका छन् । उनले कुनैपनि महत्वपूर्ण काममा बाहिर जानै परे अनुमति लिएर मात्र जान आग्रह समेत गरेका छन ।

स्कुल, विश्वविद्यालयहरु यसअघि नै बन्द गरिएका छन । साथै चर्चित फुटवल प्रतियोगिता ला लिगा समेत स्थगित गरिएको छ । कोरोना भाइरसका कारण शुक्रबारसम्म स्पेनमा १२२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ३ सय ३४ जना सक्रमित भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here