आहुतीले खोले- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

0
662
????????????????????????????????????

प्रचण्ड नेतृत्वकाे माअाेवादी अान्दाेलन विसर्जन भएकाे निश्कर्ष निकाल्दै माअाेवादी केन्द्रबाट विद्राेह गरी नयाँ पार्टी निर्माणमा लागेका विश्वभक्त दुलाल अाहुतीले नयाँ पार्टीकाे साइत जुर्याएका छन् ।

उनकाे समुहले हालै तयार पारेकाे ६३ पृष्ठ लामाे प्रतिवेदनमा समग्र विश्वमा अाएकाे परिवर्तनलार्इ विश्लेषण र संश्लेषण गर्दै अबकाे पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालकाे अवधारणा ल्याएका छन् ।

माअाेवादी अान्दाेलन अब विसर्जन भएकाे ठाेकुवा गर्दै अाहुतीले फेरि माअाेवादी धाराकाे पुनगर्ठन गर्न खाेजे त्यसकाे परिणाम बादल समुह र माातृका समुहकाे प्रचण्ड विलय हुने भन्दै अाहुतीले अब नयाँ विचारसहित नयाँ पार्टी बनाएर जानु पर्ने बताएका छन् ।

गाेपाल किरातीले माअाेवादी केन्द्रलार्इ पुगर्गठन गरेर अगाडि बढ्न खाेजिरहँदा उनले त्याे पूरै असंभव भएकाे निश्कर्ष निकाल्दै अाहुतीले यस्ताे दाबी गरेका हुन् ।

अाजकाे दुनियाँमा उत्पादक शक्ति र उत्पादन सम्वन्धमा ठूलाे  परिवर्तन अाएकाे भन्दै अाहुतीले अाज विज्ञान र प्रविधि उत्पादक शक्ति बनेकाे अवस्थामा अाजकाे क्रान्तिकाे कायर्दिशा समाजवादी क्रान्ति हुने निश्कर्ष निकालेका छन् ।

याे स्थितिमा अाजकाे विश्व र समाजवालार्इ हाँक्ने पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी हुने अाहुतीकाे तर्क छ ।

अाजकाे नेपाली समाज पुँजीवादमा विकास भइसकेकाे विश्लेषण गर्दै अाहुतीले पुँजीवादकाे मुख्य चरित्र दलाल पुँजीवाद रहेकाे अाैल्याएका छन् ।

जनपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here