संघीयताको

0
272

केशव गाहा पाल्पाली

बल्झिदै गयो झनै अड्चन संघीयताको
कसरी हुन्छ कार्यान्वयन संघीयताको

यो हाम्रो सानो देशमा खाँचो छैन
भएन राम्रोसँग मंथन संघीयताको

विदेशी साम्राज्यवादी र विस्तारवादीले
अनायासै दियो पहिरन संघीयताको

अनेक भाषा संस्कृतिको फुलवारीमा
सक्दैन हुन कुनै मिलन संघीयताको

नेपाली र नेपालको अस्मिता बचाउन
सबैले मिली गरौं दहन संघीयताको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here