आस्था

0
514
  • राम गैरे पाल्पाली

आमा तपाईले
जुन विचारलाई
शत्रु मान्नु हुन्छ
म त्यसै विचारलाई
प्रेम गर्छु
हो, म त्यसै विचारलाई
प्रेम गर्छु आमा
तपाई चाहनु हुन्छ
मेरो दाजु जस्तै
मलाई पनि संस्कारी छोरो
बनाउन
हजुर भन्नु हुन्छ
मानिस आस्थिक
भएर बच्नु पर्छ तर
आमा म त्यो भित्र सत्ता
लुकेको देख्दछु
त्यहाँ श्रमिकहरुको
पसिना लुटेको देख्दछु
यो संसार सुन्दर देखिन्छ ।
तर आमा म भन्छु
हजुरका दुई आँखाबाट
देखिने संसार
हजुरका लागि
हुन सक्छ
हजुर सप्ताहा र पुराण
लगाएर आन्ददित हुनहुन्छ
म निमुखाहरुको
बस्ती भित्र
चेतनाको दिप बालेर
आनन्दित हुन्छु
आमा
हुने खानेहरुको
चाकरी गरेर
म बाच्न चाहन्न
म हुँदा खानेहरुको
उडान भर्न चाहान्छु
उनको आफ्नै संसार
देखाउन चाहन्छु
आमा तपाईले
जुन विचारलाई
शत्रु मान्नु हुन्छ
म त्यसै विचारलाई
प्रेम गर्छु
हो, म त्यसै विचार लाई
प्रेम गर्छु आमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here