आमा हजुर सृष्टि तपाईं नै भगवान॥
सिर नुगाइ पाउ परी गर्दछु सम्मान॥
जन्म दिइ देखाउनु भयो यो संसार॥
बोकेर हिड्नु हुन्छ आँफु दुःखको भार॥
आँफु भोकभोकै हिडेर मेलापातमा॥
हजुरलाई खानालाई दिएको त्यो
रोटीको टुक्रा आफूले नखाई
पटुकीमा च्यापेर
दिनभरी काम गरेर
बेलुका घर आउँदा
छोराछोरी लाइ हातमा रोटी दिदैं
काखमा राखेर कति खुशी हुनुहुन्थ्यो!
साच्चिकै तपाईंको खुसी नै छोराछोरीको
खुसी थियो! तेसैमा प्रसन्न हुनुहुन्थ्यो।
अझैं याद छ आमा मलाई त्यो दिनको
जुन दिन, मुसलधारे पानी परेर
त्यो हाम्रो सानो झुपडीलाइ बगाएर
लगिदिएको थियो एक्कासी,
दुबै छोराछोरी कोखिमा च्यापेर
त्यो खुल्ला चौरमा रातभरि बसेको! थियौं
तर पनि तपाईंको मनमा कति पनि
दुःखेसो देखेन मैले,
छोराछोरीको मुखमा हेर्दै मुसुक्क हाँसेर
बोल्नु हुन्थ्यो!! सायद तपाईं नै कमजोर
भएको भए छोराछोरी डराउँछन भन्ने
मनमा लाग्थ्यो होला॥
बिहानै मिर्मिरे उज्यालोमा उठेर
दुइ पाथी मकै कोदो पिसेर
आधि घन्टाको बाटोमा पानि बोकेर
गाइ भैंसीको गोबर सोतर गरेर
भुक्क उज्यालो हुँदा काम सकेर
छोराछोरीको सामु बस्नु हुन्थ्यो!
कति दुःख गर्नु भयो
कसरी छोरा छोरी हुर्काउनु भयो,
त्यो तपाईंलाई मात्रै थाहा छ,
सुन्नेलाई त यो कहानी मात्र लाग्छ!
आमा तपाईं सृष्टि तपाई नै भगवान,
अब मात्र एउटा चाहाना छ मेरो!
बाँकि जिन्दगी नबितोस् तपाईंको अँध्यारो,
बाचुन्जेल तपाईंको सेवा गर्न पाम
यसैबाट मिल्नेछ हामीलाई सर्वधाम
रबिन श्रीपालि-प्यूठान।।
हाल-भारतबाट।।