कविता
न मलाई बद्धनामी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु झुटको खेती गरेर जीवन धान्नु छैन मलाई नत चापलुसी र चाकडी गरेर जीउनु छ मलाई नम विश्वास पात्र बन्नै चाहान्छु नत म षड्यन्त्रमा सामेल हुनै चाहान्छु साथी, आचकल म केवल रक्सी पिउछु छेकेर छेकिन्न बैमानीको धन्दा खुल्ने छ एकदिन बद्धमासीको पर्दा देखियो तिम्रा नाटक र नौटङकी देखायौ यहाँ कपटीको चौचकी साथी आजकलम म रक्सी पिउछु तिमिले बाटो विर्षे पनि उकालीमा खुट्टा लरखराए पनि खुर्सानी बीना भतेर अड्किन्न यस्तालाई नेता मान्न पनि सकिन्न साथी आजकल म रक्सी पिउछु थाहा छ मलाई तिमिले धोका दियौ तिमि त आफ्नै थैलो भर्न तिर पो लाग्यौ तिम्रो, आषा र भरोषा छैन अब मलाई डट्नु छ आफै यहाँ जनसत्ता ल्याउनलाई साथी आजकल म रक्सी पिउछु साथी, अब मैले रक्सी छोड्नु पर्छ आँखा खेलेर सर्वत्र हेर्नु पर्छ बैमानीको पर्दा च्यातेर चापलुसी र चाकडीलाई चिनेर नयाँ जनवादी क्रान्तिको बाटो खोल्नु पर्छ ।