भदौ २४, दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले ‘संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर’ भन्ने मुल नाराका साथ असोज २ गते रामपुर र असोज ४ गते नारायणपुरमा कोणसभा गर्ने भएको छ ।
२०७५ भाद्र २४ गते बसेको बैठकले उक्त निर्णय गरेको नगर अध्यक्ष टिका बहादुर बिकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
यसैगरी देशको राष्ट्रियता, स्वाधिन्ता र अखण्डताको रक्षा गर्नुका साथै संघीयताका विरुद्धको आन्दोलनलाई थप ब्यबस्थित गर्नको लागि असोज महिना भरी घरदैलो तथा सदस्यता अभियान चल्ने भएको छ । उक्त अभियान घोराही उपमहानगरपालिका भरी तीन ग्रुपमा सञ्चालन हुने भएको छ ।
एउटा ग्रुपको नेतृत्व नगर अध्यक्ष टीका बहादुर बिकले, अर्कोको कोषाध्यक्ष चन्द्रबहादुर रावतले र अर्कोको जिल्ला सदस्य खडानन्द खनालले गर्नुहुने भएको छ ।
नगर अध्यक्ष टीका बहादुर बिकको अध्यक्ष तथा प्रदेश समिति सदस्य रेशम बिसि, जिल्ला अध्यक्ष गणेश आचार्य, नगर इन्चार्ज चन्द्रबहादुर नेपाली, जिल्ला सदस्य खडानन्द खनाल, अखिल नेपाल युबक संघका पुर्ब केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेलको विशेष उपस्थितिमा बैठक बसेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।