अनेरास्ववियु (छैठौं) द्वारा शोक बक्तव्य

0
262

पौष ७, दाङ । दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका ३४ विद्यार्थी र २ शिक्षक सल्यानको कपुरकोट वनस्पति उद्यानमा भ्रमण गएको बस भ्रमण सकेर फर्कने क्रममा पुस ६ गते साँझ दाङ तुलसीपुर– ३, राम्रीमा दुर्घटना हुँदा २२ जनाको निधन भएको छ । अन्य सबैजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा अखिल (छैठौं) दाङका जिल्ला सदस्य विजय जीएमको पनि निधन भएको छैठौंले जनाएको छ । मृतक धेरै १६–२० वर्ष उमेरका विद्यार्थीहरु रहेका छन् भने अन्य शिक्षक रहेका छन् । आफ्नो र देशको भविष्य निर्माणको लागि प्राविधिक शिक्षा अध्ययन गरिरहेका करिब २ दर्जन विद्यार्थीको निधनले देशलाई नै ठूलो क्षति पुगेको अखिल छैठौंले बताएको छ ।

छैठौंका केन्द्रीय अध्यक्ष विमल पोखरेलले शोक वक्तव्य जारी गरि भनेका छन् : “अखिल (छैठौं)को तर्फबाट निधन भएका सबै विद्यार्थी, शिक्षकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । अत्यन्तै दुःखद र शोकमा डुबेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय तथा मृतकका सबै आफन्तमा समवेदना व्यक्त गर्दछौं । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।”

देशमा पछिल्लो समयमा दुर्घटनाबाट धेरै ठूलो क्षति भइरहेको छ । अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको पाइन्छ । तर दुर्घटना न्यूनिकरणतर्फ कुनै पहल भएको पाइदैन । सरकार र सम्बन्धित पक्षलाई सबै घटनाहरुको छानविन गरी दोषीलाई कारवाही गर्न र दुर्घटना न्यूनीकरण गर्न छैठौंले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here