अछामको मंगलसेनमा विद्यार्थीहरुद्वारा संघीयता बिरुद्ध प्रदर्शन

0
199

मंगलसेन २४, मंगलसेन ।

अखिल छैठौंको संघीयता बिरुद्ध बिद्यार्थी मार्च अन्तर्गत अछाम जिल्लाको सदरमुखाम मंगलसेनमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनका दौरानमा निर्मला हत्याकाण्डको बिरोध, महंगी, कर बृदि, भ्रष्टाचार लगायत राज्यका बेथितिका बिरुद्ध छैठौंले र्यालीका साथै सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई अखिल (छैठौं)का महासचिव महेशराज जोशीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । त्यस्तै केन्द्रीय सदस्य हेमराज भट्टले पनि मन्तव्य दिनुभएको थियो । राजमो नेता नरेश आलेको आतित्थ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अखिल (छैठौं) अछाम बहुमुखि क्याम्पसका अध्यक्ष देबेन्द्र परियारले र सञ्चालन अभियान टोलीका सदस्य कर्म जोशीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here