अखिल (छैठौं) प्युठानको अध्यक्षमा चोपलाल वि.क. र सचिवमा केशब बुढाथोकी निर्वाचित

0
188

-सरोज न्यौपाने,प्युठान ।

अनेरास्ववियु छैठौं प्यूठानको अध्यक्षमा चोपलाल विक र सचिवमा केशव बुढाथोकी निर्वाचित भएका छन् । अखिल (छैठौं) प्युठानको अठारौं जिल्ला सम्मेलन पछिको प्रथम तथा संघीयता विरुद्ध काठमाडौं मार्चको तयारीको लागि सनिबार सम्पन्न भेलाले विक र बुढाथोकीलाई अध्यक्ष र सचिवमा चयन गर्दै गरेको २१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा रमेश विक, सह-सचिवमा प्रमिसा खड्का, कोषाध्यक्षमा जगत विक र सदस्यहरुमा क्रमश: प्रकाश जैसी, अपेक्षा गिरि, सुवास विक, प्रकाश सुनार, त्रिविक्रम कुवर, संजय गिरि, गिरिराज रोका, पुजन गुरुङ, गुप्त बहादुर रसाइली, लक्ष्मण पुन, गिता बिसि, सुनिता भण्डारी चरन भएका छन् । भने वैकल्पिक सदस्य सुलोचना केसि, प्रशान्त जिएम, धिर्कन पपुलर रसाइली र सरिता आचार्य चयन भएका हुन् ।

भेलाले सरोज न्यौपाने, बेगम घर्ती र आलोक जिसि रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

अखिल (छैटौं)को गत असोजमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रिय परिषद भेलाले संघीयता विरुद्ध काठमाडौं मार्चको ऐतिहासिक घोषणा गरेको थियो । सोहीअनुसार सबै जिल्लामा तयारी भेलाहरु चलिरहेका छन् ।

भेलाको प्रमुख अतिथि राजमो ५ नम्बर प्रदेश अध्यक्ष बोम बहादुर खत्री, विशिष्ट अतिथि अखिल (छैठौं) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रकाश जिसि, अतिथिहरुमा राजमो जिल्ला सचिव विदुर मल्ल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पुर्व केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल रहनुभएको थियो । भेलाको अध्यक्षता चोपलाल विकले गर्नुभएको थियो भने संचालन सरोज न्यौपानेले गर्नुभएको थियो ।

जगत विकको स्वागत मन्तव्यसँगै सुरु भएको भेलामा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आगामी कार्यक्रम समेत तय गर्दै समापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here