५ नं प्रदेशको तिनदिने प्रशिक्षण कार्यक्रम बुटवलमा

0
409
बुटवल । राष्ट्रिय जनमोर्चाको ५ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजबाट बुटवलमा शुरुभएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यता तथा उद्घाटनबाट सो प्रशिक्षण कार्यक्रम अगाडि बढेको थियो । नेपालीले उद्घाटन मन्तव्य दिंदै कार्यकर्ताहरुलाई प्रशिक्षणको आवश्यकता एवं महत्वका बारेमा प्रष्ट्याउनु भएको थियो । नेपालीले वर्तमान राजनीतिक परिवेशको बारेमा समेत संक्षिप्तमा मन्तव्य दिनु भयो ।
बामपन्थी नेता कृष्णराज पौडेल, सुरेश थापा, अखिल नेपाल किसान संघका अध्यक्ष भैरवराज रेग्मी, प्रदेश सभा संसद तारा जिसी, जनजाति सम्मेलनका छविलाल सर्तुङगी, रक्तिमका रेम राना, प्रगतिशिल प्रत्रकार महासंघका महेश रिजाल, युवक संघका सल्लाहकार विदुर मल्लले कार्यक्रममा आतिथ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।
५ नम्बर प्रदेशका सचिव सोमकुमार कार्कीद्वारा कार्यक्रम सञ्चालन र अध्यक्ष बोमबहादुर खत्रीको अध्यक्षताबाट शुरुभएको सो प्रशिक्षण कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष बाशुदेव पोख्रेलले स्वागत गरेका थिए ।
प्रशिक्षण कार्यक्रम आज चैत्र १५ देखि १७ सम्म चल्ने प्रशिक्षार्थी गौरीलाल कार्कीले हामीलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here