५ को विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

0
56

भदौ ११, बुटवल । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । उनी नेकपाको तर्फवाट प्रतिनिधित्व गर्छन् । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवम् सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । समितिमा ११ जना प्रदेशसभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here