१९७२ पछि भारतमा जन्मेका नेपालीहरुलाई भारत मै मताधिकारका लागि माग !

0
241
मनाली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली नगर समितिले कुल्लु डिस्टीक कलेक्टरलाई भेटी ज्ञापन पत्र दिएको छ ।
                       नगर समितिका अध्यक्ष साइला लामाका अनुसार ज्ञापन पत्रमा हिमाचलमा रहने नेपालीहरुलाई मताधिकारको व्यवस्थाका लागि माग गरेको बताए । १९७२ पछि भारतमा जन्मभएका नेपालीहरुलाई मताधिकार दिनु पर्ने भन्दै आफूहरुले ज्ञापन पत्र दिएको लामाले हामीलाई बताए । “मताधिकारका लागि मतदाता पहिचान पत्र समेत व्यवस्था गरिनु पर्दछ” ज्ञापन पत्रमा उल्लेख छ ।
                      त्यसका साथै हिमाचलमा विभिन्न विभागहरुमा स्थायी जागिर गर्ने नेपालीहरु लागि राशन कार्डको समेत व्यवस्था गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । राशन कार्डको अभावमा नेपालीहरुले रसोई गैस पाउँदैनन् ।
                           सो सन्दर्भमा नगर अध्यक्ष साइला लामाको नेतृत्वमा सचिव बैकुन्ठ रिमाल, सहसविच तुलाराम बुढा र सल्लाहकार जय बहादुरको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here