“१९५० को सन्धि अनुसार सुविधा दिइयोस्”

0
497
मनाली । भारत प्रवासमा रहेका नेपालीहरुलाई १९५० को सन्धिको अनुसार सुविधा दिनका लागि भारत सरकारसँग मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले अनुरोध गरेका छन् । समाजको मनाली नगर समितिद्वारा आयोजित एक सभालाई सम्बोधन गर्दै केसीले सो अनुरोध गरेका हुन् ।
हिमाचलको विकास कार्यमा नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको र भारतका कैयौं राष्ट्रि हितका आन्दोलनहरुमा नेपालीहरुको योगदान रहेको समेत केसीले जोड दिए ।
त्यस्तै केसीले मन्तव्यका क्रममाः नेपालीहरु इमान्दारीका लागि परिचित रहेकोले त्यसैको निरन्तरता सम्पूर्ण नेपालीहरुले पनि निभाउनु पर्ने बताए । भारत प्रवासमा रहने सम्पूर्ण नेपालीहरुका समस्याहरु समाधानका लागि मूल प्रवाह अलिख भारत नेपाली एकता समाज लगातार संघर्षरत रहेको बताए ।
सभा साइला लामाको अध्यक्षता र पिशल विटीको सञ्चालनबाट अगाडि बढेको थियो । कमला शाही, पिशल विटी, बैकुण्ठ रिमाल, तुलाराम, तुला रवि र जयबहादुर बुढाले पनि मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here