हैदरावादमा महिलाहरु जुटे

0
308

हैदरावाद । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर महिला समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्दीय सदस्य रामप्रसाद आचार्यले उद्घाटन गर्दै महिलाहरु आफ्नो हक र अधिकार पाउन आफै संगठित भई अघि बढ्नु पर्नेमा जोड दिनुभयो । “महिलाहरुले प्रबासमा रहेर पनि संगठित भई सचेत हुन पाउनु अबसर हो, सदुपयोग गर्नु पर्दछ ।”

क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले पु“जीवादी युगमा महिलाहरुलाई मात्र नभई सम्पूर्ण श्रमजीवीहरुलाई नाफा कमाउने माध्यम बनाएको बताए । उनले भने– “महिलाहरुलाई मोलमोलाइ गरिरहेको परिबेशमा एकाध महिलाको लागि राम्रो भए पनि आम महिलाको लागि अभिसाप र अस्तित्व माथिको खेलवाड भएको छ ।” श्रम जिबि महिलाले आन्दोलनको उठान गर्नुपर्नेमा समेत पौडेलले जोड दिए ।

तेस्तै क्षेत्रीय सदस्य लिला देवी शर्माले महिलाहरु समाजमा पुरुष सरह नागरिक भयको भएता पनि पैतृक सम्पत्तीमा त्यो प्रकारको हक र अधिकार प्राप्त गर्न नसकेको बताए । यसका लागि आन्दोलनको बिकास गर्नु पर्नेमा शर्माले जोड दिइन् । उक्त भेलामा महिला क्षेत्रीय समन्वय समितिकी सचिव पुष्पा पौडेलले पनि मन्तव्य दिइएकी थिएन् ।

कार्यक्रमको अध्यक्षता मिनादेवी आचार्यले र कल्पना पौडेलको सञ्चानबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई माया थापाले स्वागत स्वागत गरिन् । नया“ समितिको घोषणा लिला देबी शर्माले गरेकी थिइन् ।

जसमाः अध्यक्ष– कल्पना पौडेल, सचीव– शिला परियार, कोषाध्यक्ष– माया थापा रहेका छन् । त्यस्तै सदस्यहरुमाः सीता थापा, देबु केसी, चन्द्रा देबी, देबी शर्मा, कमला शर्मा, गिता पौडेल, तुलसी पौडेल, लक्ष्मी पौडेल, हिरा बिष्ट, माया परियार, दिपा बास्तोला, निशा शर्मा, शान्ती थापा र सृजना गरि १७ सदस्यीय उत्तर हैदराबाद महिला नगर समन्वय समिति निर्माण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here