हेमराज–आरुषी हत्या काण्ड बारे सीबीआई समेत सर्वोच्च न्यायलय पुग्यो

0
252

काठमाडौँ । सीबीआईले अतिरिक्त कानूनी अधिकृत जनरल पी. नरसिम्हासँग परामर्श पछि बिहीबार इलाहाबाद न्यायलयको निर्णय उल्टाउन सर्वोच्च अदालतमा अपिल गरेएको छ । भारतमा निकै चर्चामा रहँदै आएको ९ बर्ष पुरानो हेमराज–आरुषी हत्याकाण्डमा दोषी देखिएका आरोपीलाई इलाहाबादस्थित उच्च न्यायालयले बिना आधार जेलमुक्त गरिदिएकोमा सीबीआई सर्वोच्च अदालतमा अपिल गरेको हो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनालले भने– “लामो अनुसन्धानपछि जेलमा राखिएका आरोपीलाई पनि जेलमुक्त गरिएको अवस्था र हेमराज हत्याबारेमा न्यायिक फैसला नभएको स्थितिलाई लिएर हेमराजकी श्रीमती खुमकलाले पनि गत डिसेम्बरमै यहाँ सर्वोच्चमा अपिल गरिसकेकी छिन् । यसकारण अब न्यायिक फैसलाको प्रतिक्षा भैरहेको छ ।”

“अरुभन्दा पनि हामीलाई हाम्रा नेपाली कामदार हेमराज बन्जाडेको हत्या र यसबारे हुन नसकेको गहिरो अनुसन्धानमा सरोकार गएको हो” खनालले थपे ।

गत अक्टोबरमा इलाहाबाद न्यायलयले गरेको फैसलामा आरुषी हत्यामा हेमराजबाहेकका घरेलु कामदारहरु कृष्ण राजकुमार, बिजय मण्डलमाथि थप छानविन हुनुपर्ने आशय जोडिएको थियो ।

सन् २००८ को में १५ मा उत्तर प्रदेश, नोयडाको जयलायु बिहार अपार्टमेन्टमा मृत भेटिएका नेपाली कामदार ४३ वर्षीय हेमराज बन्जाडे र १३ वर्षीया आरुषी तलवारको संदिग्ध दोहोरो हत्या काण्डमा ब्युरोले लगातार ४ बर्ष अनुसन्धान गरेको थियो । त्यसपछिको अदालती प्रकृयामा स्वयम आरुषीका पितामाता राजेश–नुपुर तलवारलाई छोरीको हत्यारा सावित गर्दै आजीवन कारावास सजाय सुनाइएको थियो । तर उक्त हत्याकाण्डको अनुसन्धानमा पूर्णता नरहेको भन्दै इलाहाबाद उच्च न्यायलयले गत अक्टोबर १२ मा तलवार दम्पत्तिलाई जेलमुक्त गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here