हिसारमा जर्माष्टमी मनाइयो

0
406

हिसार, २ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति द्धारा संचालित महिला बिभाग हिसारको आयोजनामा अष्टमीको परम्परागत कार्यशैलीलाई प्रगतिशील रुपान्तरण गर्दै प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरिएको छ ।

महिला विभागकि अध्यक्ष निरु सारुको अध्यक्षता र सीता शर्माको सञ्चालनमा एंवसेती रानाले स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो । सो कार्यक्रममा प्रगतिशील गित संगीतले उपस्थित कार्यकर्ता शुभचिन्तकहरु उत्साहित थिए । कार्यक्रममा प्रगतिशील सामाजिक संरचना निर्माणमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको हुँदा परम्परागत पुजाआजाको साटो प्रगतिशील गितद्वारा सबैलाई सचेत र संगठित गर्नुपर्ने आव्हान नगर अध्यक्षले बसन्त दर्लामीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here