हार्दिक श्रद्धान्जली

0
458

पाण्डेचरी । जिल्ला बाग्लुङ, जैमिनी नगरपालिका ७ जैदी निवासी बुबा रामप्रसाद पाध्याय र आमा पार्वती पाध्यायका जेष्ठ पुत्र प्रेम प्रसाद शर्माको गत मंसिर २५ गते २०७५ का दिन ६२ बर्षको उमेरमा आफ्नै निवाश जैदिमा देहान्त भएको खबरले हामी स्तब्ध भएका छौं ।

मृतक प्रेमप्रसाद लामो समयदेखि सुगर रोगले ग्रसित हुनुहुन्थ्यो । प्रेम प्रसाद मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य हुनुहुन्थ्यो । वहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी मृतक प्रेम प्रसादप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here