स्वराजमको नेपाल भ्रमणप्रति मसालको सजगता

0
346

संघीयता:

अन्तरिम संविधानमा नेपाल ‘संघीय शासन’ प्रणाली अन्तर्गत परिचालन हुने घोषणादेखि नै नेपालमा संघीयता उपयुक्त नभएको र यसले देशलाई विखण्डन तर्फ लैजाने बताउँदै आएको नेकपा (मसाल)ले वर्तमान राजनीतिक परिवेश अनुसार नेपालमा संघीयता उपयुक्त नभएको कुरा झन् पछि झन प्रष्ट हुँदै गएको बताएको छ । पार्टीका महामन्त्री मोहन विक्रम सिंह द्वारा हस्तक्षरित जारी विज्ञप्तीमो सो धारणा उल्लेख गरिएको छ ।

“अहिलेसम्मको राजनीतिक घटनाक्रम र प्राप्त अनुभवबाट संघीयता नेपालको लागि उपयुक्त नभएको कुरा झन्पछि झन् प्रष्ट हुँदै गएको छ । त्यसैले ने.क.पा. (मसाल)ले संघीयतालाई सम्पूर्ण रुपले खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका लागि संसदभित्र र संसदबाहिर हाम्रो संघर्ष जारी रहने छ । हामीलाई विश्वास छ अन्तमा जनता आफ्नै अनुभवबाट संघीयताका विरुद्ध उठ्ने छन् र यो व्यवस्था खारेज हुनेछ ।”

राष्ट्रिय सभा:
राष्ट्रिय सभामा ४ नं. प्रदेशमा कम से कम एक सीट राष्ट्रिय जनमोर्चालाई दिने बारे एमाले र माओवादी केन्द्रको नेतृत्वसित कुराकानी भएको र एमाले अध्यक्ष के पी शर्मा ओली र सुवास नेवाङ तथा माओवादी केन्द्रका अध्यक्ष समेतले आफूहरुलाई सकारात्मका रहेको आस्वाशन दिएता पनि हाल हाल आएर त्यसप्रति नजर अन्दाज गरेको मसालले बताएको छ ।

त्यस्तै ५ नं. प्रदेशमा लिखिल संझौता भएको भएकता पनि कायान्वयन नहुनु दु:ख भएको मसालको धारणा छ ।

“राष्ट्रिय सभाको चुनावका सन्दर्भमा ४ नं. प्रदेशमा कम से कम एक सीट राष्ट्रिय जनमोर्चालाई दिने बारे एमाले र माओवादी केन्द्रको नेतृत्वसित कुराकानी भएको थियो । एमालेका अध्यक्ष के.पी. शर्मा ओली र सुवास नेवाङ तथा माओवादी केन्द्रका अध्यक्ष समेतले हाम्रो प्रस्तावप्रति उहाँहरु सकारात्मक भएको बताउनु भएको थियो । तर अहिले चुनावका बेलामा त्यो बचन अनुसार काम गरिएन । ५ नं. प्रदेशमा हामीलाई राष्ट्रियसभाको एक सीट दिने बारे एमाले र माओवादीका केन्द्रीय नेताहरुले लिखित रुपमा नै सहमति गरेका थिए । तर त्यस सहमतिलाई कार्यान्वयन गर्ने बारे पनि कुनै काम गरिएन । त्यसका लागि हाम्रो पार्टीले दु:ख प्रकट गर्दछ ।”

स्वराजको नेपाल भ्रमण:
नेपालमा वामपक्षधर शक्तिहरुको विजय र नेका पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिलाई नयाँ प्रकारले लागु गर्ने बाताबरण तयार पार्न नै भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण रहेको मसालले ठहर गरेको छ । नेपालका कुनै पनि शक्ति वा राजनीतिक पक्षद्वारा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्धमा संझौता परस्त नीति अपनाएमा मसालले दृढतापूर्वक र संझौताहिन प्रकारले विरोध गर्ने बताएको छ ।

“भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलाई हाम्रो पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको छ । नेपालमा वामपक्षधर शक्तिहरुको विजय र ने.का. पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपाल प्रतिका आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ । त्यसको मुख्य उद्देश्य नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध नै दक्षिण छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । नेपालको कुनै पनि सरकार वा कुनै पनि राजनीतिक पक्षद्वारा भारतीय विस्तारवाद वा त्यसले संविधानमा संशोधनका लागि दिंदै आएको दवावप्रति कुनै पनि प्रकारको सम्झौतापरस्त नीति अपनाउँछ भने हाम्रो पार्टीले सधैं झै अहिले पनि दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्नेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here