सोलनको ८औं सम्मेलन सम्पन्न

0
271
सोलन, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत सोलन नगर समितिको आठौं सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नूभएको थियो ।
          केसी उद्घाटन मन्तव्यमा एकता समाजले भारतस्थित नेपालीहरु चाहे जम्मु कश्मिरको होस् वा बंगालको खाडी पूर्व वर्माको सीमाको होस् वा भनौं कन्याकुमारी जुनसुकै स्थानमा उनीहरुको सुरक्षा र अधिकारका लागि निरन्तर संघर्षरत रहेको बताउनु भयो ।
        धर्मसिंह डांगीको अध्यक्षता तथा भूवन केसीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई रामकुमार बुढा र कलाकारहरुले स्वागत गरेका थिए ।
            सम्मेलनले रामबहादुर केसीको अध्यक्षतामा १३ पूर्ण, ४ वैकल्पिक र ६ सल्लाहकार गरि २३ सदस्यीय सोलन नगर समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष– मन बहादुर महर, सचिव– राजकुमार महर, सहसचिव– रामकुमार बुढा र कोषाध्यक्ष– ठाकुर प्रसाद पन्थ रहेका छन् । त्यस्तै सदस्यमाः शोभखर पन्थ, भुवन केसी, धर्मसिंह डागी, भगतराम बस्नेत, गंगाराम, भिम सिंह, सावन कुमार, गंगाबहादुर डांगी, वैकल्पिक सदस्यमाः बलजित बाबा, दिलिप पुन, शेर बहादुर र धनबहादुर रहेका छन् । त्यस्तै सम्मेलनले देवेन्द्र पन्थ, अरुण, अरुण कुमार, देवी चन्द, सुन्दर सिंह, सागर केसी र गोपाललाई सल्लाहकार चयन गरेको छ ।
 त्यस्तै सम्मेलनको अवसरमा महिला नगर विभाग पनि गठन गरिएको छ । जसमाः अध्यक्ष– सन्ध्या, सचिव– शान्ति डागर, कोषाध्यक्ष– चुना केसी, सदस्यहरुमाः मिना पन्थ, शिवा पन्थ, लक्ष्मी गोतामे, चम्पादेवी, पदमा, पुनम बस्नेत, शान्तिकला महर र शिवा महर रहेका छन् ।
       
 प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष शोभाखर पन्थ, केन्द्रीय सल्लाहकार नेत्र गुरुङ, तिलक पौडेल, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, राज्य समितिका भिमसिंह महर, आरके राई, रोहडुका खिम बहादुर भण्डारी, रामपुरका सिताराम बुढा, शिमलाका रामसिंह पल्ली, परवाणुका कुमराज पुन, रक्तिमका नरेन्द्र राना, महिला विभागकी लालकुमारी पुन, सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय विभागकी माया आचार्य, रामपुर महिला विभागकी आशा देवी लगायतले आतिथ्यता तथा नवनिर्वाचितहरुलाई बधाई दिनुभएको थियो ।
             कार्यक्रमको अन्तमा भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here