सुरतमा मूल प्रवाहको छैठौं सम्मेलन सम्पन्न

0
542
सुरत, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत र सचिन नगर समितिको संयुक्त छैठौं सम्मेलन सम्पन्न भएको छ । टंक शाहको अध्यक्षता तथा विन बहादुर रेग्मीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई हरि कुमार गिरीले स्वागत गरेका थिए ।
सम्मेलनले भीम साउँदको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरिएको छ ।
जसमाः उपाध्यक्ष– नविन शर्मा, सचिव– नविन कार्की, सहसचिव– अजय शाही र कोषाध्यक्ष– पूर्ण सिंह ठकुरी, सदस्यहरुमाः टंक शाह, गणेश विक, मान बहादुर शाही, पूर्ण बहादुर विक, गिता बस्याल, भीम साउँद –ख), बैकल्पिक सदस्य हेम लामा, विनोद सोनी, सल्लाहकारमा रमेश धामी, टपेन्द्र जिसी, पूर्ण राई र सरभाने साउँद रहेका छन् ।
त्यस्तै सम्मेलनले हरि कुमार गिरीको अध्यक्षतामा सचिन नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– सविन चौधरी, सचिव– विन बहादुर रेग्मी, सहसचिव– जंग पल्ली र कोषाध्यक्ष– यम बहादुर सारुङ रहेका छन् । त्यस्तै सदस्यमाः लाल बहादुर तरामी, श्यामु चौधरी, दिर्घ तमाङ, सविना कुँवर, वैकल्पिक सदस्यमाः कृष्ण केसी, नविन गिरी, सल्लाहकारमा भारत खत्री, गिता राई, इन्द्र सोनी, राजु पुरी, प्रमोद चौधरी र सतीराम चौधरी रहेका छन् ।
दुबै समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीले  गरेका थिए ।
केन्द्रीय सचिव प्रेम पौडेलले प्रमुख अतिथिको आसनबाट सम्मेलनको उद्घाटन गरेका थिए । पौडेलले देशको समसामयीक राजनीतिक परिस्थितिको बारेमा र भारतमा एकता समाजको आवश्यकता र भूमिकाको बारेमा मन्तव्य दिएका थिए ।
भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सम्पूर्ण प्रवासी नेपालीहरुलाई गोलबन्द हुन पौडेलले सो  सन्दर्भमा आव्हान समेत गरे ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, सल्लाहकार रम कला काउछा, रक्तिम विभागका बोम सिंजापति, मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुंवर, पश्चिम भारत क्षेत्रीय प्रतिनिधि मोहन बस्नेत, मध्य पश्चिम भारत महिला विभाग सयाेंजक रेणु कुँवर, पश्चिम भारत क्षेत्रीय सचिव धु्रब न्यौंपाने, रक्तिम साँस्कृतिक केन्द्रीय कलाकार उशा थापा, पश्चिम भारत क्षेत्रीय रक्तिम विभागका संयोजक हरि काउछा लगायतले आतिथ्यता तथा नवनिर्वाचित समितिलाई बधाई दिएका थिए ।
कार्यक्रमको अन्तमाः रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here