सुरक्षाकर्मीहरुबाट नै महिलाहरु असुरक्षित !

0
366
असोज २१, कपिलवस्तु । ५ नम्बर प्रदेश सभाका सदस्य तारा जिसीले देशमा सुरक्षाकर्मीहरुबाट नै महिलाहरु असुरक्षित रहेकोमा निन्दा प्रकट गर्नुभएको छ । सांसद जिसीले निर्मला पन्तको बलात्कार पछि भएको हत्याको छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न अखिल नेपाल महिला संघ कपिलवस्तुले विरोद सभालाई सम्बोधन गर्दै सो निन्दा प्रकट गर्नुभएको हो ।
“निर्मलाको हत्या भएको दुई महिना बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसक्नु लज्जास्पद छ ।” जिसीले भन्नु भयो– “हत्यारालाई खोजी गरि तुरुन्त कारबाही गर्न सरकारलाई देशका सम्पूर्ण शोषित पीडितहरुले दबाब दिनु पर्ने आवश्यकता छ ।”
निर्मला हत्याकान्डको प्रमाण नस्ट गर्नेहरुमाथि कारबाही गर्नुपर्ने माग समेत जिसीले राख्नुभएको । यदि सरकारले कारबाही नगरे सम्पूर्ण महिलाहरु आन्दोलन उत्रिने चेतावनी सांसद जिसीले दिनुभएको थियो ।
बिरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ददिराम आर्चायले पनि मन्तव्य दिनुभएको
थियो ।
सम्पुर्ण महिला शोषित पिडित तथा मुक्तीकामी महिलाहरु एक हौं, भन्ने मूल नारा सहित गोरुसिंगेमा रहेको थारु कल्याण कारी सभाहलबाट सुरु भएको र्‍याली दुर्गा मन्दिरमा पुगी विरोध सभामा परिणत भएको थियो ।
र्‍यालीमा निर्मला पन्तको बलत्कारी र हत्यारालाई कारबाही गर ।। देश व्यापी रुपमा भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा, बलात्कार बन्द गर ।। जस्ता नारा लगाइएको थियो । सभाको अध्यक्षता जिल्ला अध्यक्ष चन्द्र बदन श्रेष्ठले गर्नु भएको थियो भने मिना पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here