सुदूर पश्चिममा “संघीयता विरुद्ध विद्यार्थी मार्च” उद्घाटन

0
264

सिलगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) ले सुदूर पश्चिममा “सङ्घीयता विरुद्व विद्यार्थी मार्च–२०७५” भन्ने मूल नाराका साथ प्रादेशिक स्तरको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

२०७५ मङ्सिर १८ गते अखिल (छैठौँ) का महासचिव महेशराज जोशीले “सङ्घीयता विरुद्व विद्यार्थी मार्च–२०७५” को ब्यानर पढेर डोटीको पिपल्ला बजारमा उद्घाटन गर्नु भएको हो । उक्त कार्यक्रम डोटीमा १८ गते उद्घाटन भई पुस २५ गते डडेधुराको परशुराम नगरपालिकामा समापन हुने ।

अखिल (छैठौँ) का केन्द्रीय सदस्य उमेश काडेल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा, राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला अध्यक्ष वेणीमाधव जोशीले अतिथीको आसनबाट मन्तव्य व्यक्त गर्नु भएको थियो भने राजमो नेता नरेश आले र जातीय समता समाजका सिंहराज विकको समेत आतिथ्यता रहेको थियो ।

अखिल (छैठौँ) डोटी जिल्ला संयोजक हेम विक्रम चन्द्रको सभापतित्व तथा डबल तिरुवाको सञ्चालनबाट उद्घाटन समारोह सम्पन्न भएको थियो । अखिल (छैंठौँ) ले स्थापना कालदेखि नै राजनैतिक परिर्वतन, सामाजिक विकृति, हत्या, हिंसा, बलात्कारका विरुद्ध, लागु पदार्थ दुव्र्यसनीका विरुद्व अन्धविश्वासका विरुद्व विगत झौ पुन: “सङ्घीयता विरुद्व विद्यार्थी मार्च–२०७५” अभियान सुरु गरेको छ । सो कार्यक्रमको रुट समेत सार्वजनिक गरेको छ ।

कार्यक्रमको रूपरेखा निम्न अनुसार रहेको छ : मङ्सिर १९ गते डोटीको सिलगढी, २० गते अछाममा कार्यक्रमको तयारी, २१ गते मङ्गलसेन, २२ गते कुलदेवमाडौँ, ३२ गते बाजुराको कुलदेवमाडौँ, २४ र २५ गते मार्तडी, २७ र २८ गते बझाङ चैनपुर, २९ र पुष १ गते पाराकाटे, २ गते झोता, ३ गते बााझपानी, ४ गते बैतडी खाड्पे, ५ गते पाटन, ६ र ७ गते गोठलापानी, ८ गते श्रीकोट, ९ गते शित्तड, १० र ११ गते गोकुलेश्वर, १२ र १३ गते खलङ्गा, १४ गते दार्चुलामा कार्यक्रमको तयारी, १५ गते बोहरीगााउ, १६ गते डडेलधुरा, १७ गते कोटेली, १८ गते बडपानी, १९ गते बडाल,२० गते भात्काडा, २१ गते डोटी बुडर, २२ गते जोरायल, २३ गते बुडर, २४ गते डडेलधुरा आलिताल र २५ गते लालढुङ्गामा अभियानको समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here