सीबीआई र हेमराज श्रीमतीको याचिका सर्वोच्चमा मंजूर

0
267
नयाँ दिल्ली, ११ अगस्त । भारतको सर्वोच्च अदालतले शुक्रबार डा. राजेश तलवार र नुपुर तलवारको रिहाईको विरुद्ध सिविआईद्वारा दिइएको पुनरमुल्यांकन मुद्दालाई मन्जुरी दिएको छ । तलवार दम्पत्तीमाथि आफ्नी छोरी र नोकर हेमराज बण्जाडेको हत्याको अभियोग छ ।
             न्यायधीश रंजन गोगोईको पीठ डा. तलवार दम्पत्तीको रिहाईको विरुद्ध केन्द्रीय जाँच व्यूरो (सीबीआई)को याचिकामाथि सुनुवाईको लागि सहमत भएको हो । न्यायधीश रंजन गोगोईले तलवार दम्पत्तीसँग जवाब मागेका छन् । अदालतले सीबीआईको याचिकाको साथै हेमराजकी श्रीमतीको याचिकालाई पनि मन्जूरी दिइको छ । हेमराजकी श्रीमतीले तलवार दम्पत्तीको रिहाईकोलाई चुनौती दिएकी थिइन् ।
               गतवर्ष सितम्बरमा इलाहाबाद उच्च न्यायालयद्वारा तलवार दम्पत्ती रिहाई भएका थिए । तर १२ अक्टुबरका दिन हेमराजकी श्रीमतीले सर्वोच्च न्यायलयमा चुनौती दिएकी थिइन् । इलाहाबाद उच्च न्यायालयले तलवार दम्पत्तीलाई आशंकाको फाईदा दिंदै उनीहरुकी १४ वर्षीय छोरी र नोकर हेमराजको हत्याको मामलामा बरी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here