सामुदायिक रेडियो प्रसारक संघ बागलुङको संयोजकमा सुवेदी

0
98

बागलुङ । सामुदायिक रेडियोहरुको जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सामुदायिक रेडियो परिर्वतनका स्टेशन म्यानेजर रामनारायण सुवेदी चयन भएका छन् । जिल्ला स्थीत सामुदायिक रेडियोहरुका प्रतिनिधीहरुको सोमबार गलकोटमा सम्पन्न भेलाले सुवेदीलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो ।

संयोजकमा चयन भएलगत्तै  संक्षिप्त प्रतिक्रिया दिँदै सुवेदीले सामुदायिक रेडियोहरु सदैव सत्य तथ्य र निष्पक्ष समाचारहरु सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले रेडियोहरुले सामाजिक बिकृति र विसंगतिहरुलाई चिरफार गर्दै  समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि उत्प्रेरकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।

जिल्लामा रहेका ५ वटा सामुदायिक रेडियोका स्टेशन म्यानेजरहरु सहभागि रहेको भेलाले राम नारायण सुवेदीको सयोजकत्वमा ५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा छबिलाल पाण्डे, घनश्याम गौतम, प्रकाश छन्त्याल, र नारायण रिजाल रहेका छन्

बागलुङमा सामुदायिक रेडियो गलकोट, सामुदायिक रेडियो बागलुङ, सामुदायिक रेडियो बिहानी, सामुदायिक रेडियो परिर्वतन र सामुदायिक रेडियो ढोरपाटन सञ्चालनमा रहेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको विधानको धारा १९ मा गरिएको व्यवस्था भए अनुसार जिल्ला समन्वय समिति गठन गरिएको समितिका सदस्य एवं सामुदायिक रेडियो बिहानीका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here