सर्वोच्चद्वारा संसद पुन:स्थापनाकाे फैसला, १३ दिनभित्र प्रतिनिधिसभाकाे बैठक बोलाउन आदेश

0
6

काठमाण्डाैं । सर्वोच्च अदालतले  प्रधानमन्त्री अाेलीकाे प्रतिनिधिसभा विघटन गर्ने  निर्णयलाइ वदर गर्दै १३ दिनभित्र संसद वैठक बोलाउन आदेश गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमाको ५ सदस्यीय संवैधानिक इजलासले संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिन भित्र संसद वैठक बोलाउन आदेश गरेको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै  अागामी बैसाख महिनामा मध्यावधि निर्वाचनको सम्पन्न गर्न भनि मिति समेत घोषणा गरेकी थिइन्। सरकारकाे उक्त कदमकाे िवरूद्ध सर्वाेच्चमा १३ वटा रिट निवेदनहरू परेका थिए ।

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना मल्ल प्रधानकाे एकमतले उक्त फैसला सुनाइएकाे थियाे ।  सर्वाेच्चकाे फैसला अाएसंगै देशका विभिन्न भागमा दीप प्रज्जवलन गरी अदालतकाे फैसलाकाे स्वागत गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here