सर्बोच्चको आदेश तुरुन्त लागू गर्न सरकारसंग दुर्गा पौडेलको जोडदार माग

0
236

आज बसेको संसदको बैठकमा राष्ट्रिय जनमोर्चाका संसद दुर्गा पौडेलले २०७४ चैत्र ७ गते सर्बोच्च अदालतले बिदेश स्थित नेपालिहरु लाई सम्बन्धित देशबाटै मतदानको ब्यबस्था मिलाउन सरकारलाइ दिएको निर्देशनात्मक आदेशलाई तुरुन्त कानुन बनाइ कार्यन्यन गर्न सरकार सङ जोडदार माग गर्नुभएको छ।

संसदमा बोल्दै पौडेलले अन्तर्राष्ट्रिय स्तरमा ८० को दशक देखिनै संसारका थुप्रै मुलुकहरू प्रचुगल, स्विजरल्याण्ड, इटली, फिलिपिन्स जस्ता देशहरुले आफ्ना नागरिकहरुलाइ सम्बन्धित देशहरु बाटनै मतदान गर्न पाउने ब्यबस्था गरेको कुरा बताउनु भयो।

अमेरिकाले १९९४ बाट संघीय निर्वाचनमा आफ्ना प्रवाशी नागरिकलाई मतदान गर्न पाउने ब्यबस्था गरेको कुरा उल्लेख गर्दै उहाले भन्नूभयो `कतिपय मुलुकले बिदेशको भ्रमणमा रहेका आफ्ना नागरिकलाई समेत मताधिकारको ब्यबस्था गरेको हुन्छ। तर हाम्रो देशमा कयौं युवाहरू आफ्नो रोजिरोटीको लागि बिदेशीनु पर्ने बाध्यता छ। यस्तो अवस्थामा देशका कयौ नागरिकले आफ्नो देशको निर्वाचनमा मतदान गर्न पाउने नैसर्गिक अधिकारको समेत हनन भएको छ।` उहाले सर्बोच्चले दिएको आदेशलाइ तुरुन्त कानुन बनाइ त्यसलाइ कार्यन्यन गर्न माग गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here