सम्पूर्ण नेपाली महिलाको अस्मितामा आँच पुर्याउने मन्त्री शेरबहादुर तामाङलाई कारवाही गर्न राष्ट्रिय जनमोर्चाको माग

0
653

साउन ७, काठमाडौं । बंगलादेशमा मेडिकल साइन्स पढ्ने छात्राहरु प्रति कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिले बङ्गलादेशमा पढ्ने छात्राहरु माथि मात्र होइन, सम्पूर्ण नेपाली महिलाको अस्मितामा आँच पुगेको राष्ट्रिय जनमोर्चाको ठहर छ । पार्टी प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ती जारी गरि त्यस प्रकारको अभिव्यक्ति दिने मन्त्री प्रति काडा कारवाही गर्नको लागि राष्ट्रिय जनमोर्चाले सरकारसित माग गरेको छ ।

कुनै पनि देशले सिमाको १२ किमी भित्र कुनै बाँध बनाउँन नपाईने अन्तर्राष्ट्रिय कानून रहेता पनि भारतले त्यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको विज्ञप्तीमा उल्लेख छ । “त्यसरी भारतद्वारा बनाइएका बाँधका कारण कपिलवस्तुका कैयौं गाउँहरु सिमाक्षेत्रमा भारतले बनाएका बाँधहरुका कारणले डुबानमा परेका छन्” नेतृ पौडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ– “त्यसकारण राष्ट्रिय जनमोर्चाले कुटनीतिक स्तरमा भारतसित वार्ता गरेर उक्त समस्याको समाधानका लागि प्रभावशाली कदम उठाउनु पर्ने आवश्यकतामा जोड दिन्छ ।”

प्रस्तुत छ, विज्ञप्तीको पूर्णपाठ:
कपिलवस्तुका कैयौं गाउँहरु सिमाक्षेत्रमा भारतले बनाएका बाँधहरुका कारणले डुबानमा परेका छन् । अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशले सिमाको १२ किमी भित्र कुनै बाँध बनाउँन पाइदैन । तर भारतले त्यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको छ । यो नयाँ समस्या होइन । २०/२५ वर्ष देखि नै वर्षाको याममा नेपाल पट्टिका खेतहरु डुबानमा पर्ने गर्दछन् ।

कपिलवस्तुमा मात्र होइन, नेपालका सिमावर्ती क्षेत्रका धेरै खेतहरु डुवानमा पर्ने गर्दछन् । भारतले हिउँदमा ती बाधहरुका ढोका खोलि दिन्छ र वर्षामा ढोका बन्द गरिदिन्छ । त्यो समस्या प्रति नेपाल सरकारले आवश्यक ध्यान दिन सकेको छैन । त्यसकारण राष्ट्रिय जनमोर्चाले कुटनीतिक स्तरमा भारतसित वार्ता गरेर उक्त समस्याको समाधानका लागि प्रभावशाली कदम उठाउनु पर्ने आवश्यकतामा जोड दिन्छ ।

बंगलादेशमा मेडिकल साइन्स पढ्ने छात्राहरु प्रति कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिन्छौँ । यसले बङ्गलादेशमा पढ्ने छात्राहरु माथि मात्र होइन, सम्पूर्ण नेपाली महिलाको अस्मितामा आँच पुगेको छ । त्यस प्रकारको अभिव्यक्ति दिने मन्त्री प्रति काडा कारवाही गर्नको लागि राष्ट्रिय जनमोर्चाले सरकारसित माग गर्दछ ।
मिति : २०७५ साउन ७ गते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here