समस्याहरु पहिचानका लागि राष्ट्रिय जनमोर्चा जनताका घरदैलोमा

0
729

साउन १४, दाङ । राष्ट्रिय जनमोर्चा यतिवेला गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजीको लागि देश व्यापी प्रचारात्मक अभियानमा रहेको छ । दाङ जिल्लामा पनि सो अभियान लगायत भ्रष्टाचारका विरुद्ध र सदाचारका निम्ती अभियान सञ्चालन गरिरहेको छ ।

सो पार्टीका दाङ जिल्लाका अध्यक्ष गणेश आचार्यले एक विज्ञप्ती जारी गरि जिल्लामा देखिएका तमाम प्रकारका समस्या र विकृतिको उजागार गरेर जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय सरकारमा ज्ञापन पत्र बुझाइसकेको बताएका छन् ।

“देशको वर्तमान अवस्था र पार्टीको राजनीतिक लाइनको विषयमा आम कार्यकर्तालाई स्पष्ट पार्न सबै स्थानीय तह स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छौं ।” आचार्यले बताए– “यसै अभियानलाई निरन्तरता दिंदै साउन १५ देखि मसान्तसम्म घरदैलो तथा सदस्यता अभियान सञ्चालन गर्न गइरहेका छौं ।”

घरदैलो कार्यक्रमको क्रममा जनताका समस्याहरु बुझ्ने, पार्टीको सदस्यता दिने, संगठन निर्माण गर्ने र जनताका समस्याहरु पहिचान गरि आवश्यकता अनुसार संघर्षका कार्यक्रम सञ्चालन गर्ने आचार्यले विज्ञप्तीमा जनाएका छन् ।

कार्यक्रमको तालिका निम्न अनुसार छ :

यो अभियान साउन १५ गते घोराही को ८ र लमहिको १ नम्बर वडा,

१६ गते लमही १ र घोराही १० नम्बर वडा,

१७ गते घोराही को ९ र लमहिको २ नम्बर वडा,

१८ गते लमहिको ३ र घोराही को ७ नम्बर वडा,

१९ गते घोराही १५, गढवा ७ र लमहिको ३ नम्बर वडा,

२० गते गढवा को ४ र ६, घोराही को ४, तुलसिपुरको ४ नम्बर वडा

२१ गते घोराही को ३ तुल्सिपुरको ४ र लमहिको ४ नम्बर वडा

२२ गते तुलसिपुरको ७, घोराही को १ र २, लमहिको ५ र गढवाको १,२ र ३ नम्बर वडा

२३ गते घोराही को ११, लमही को ५ र तुलसिपुर को ७ नम्बर वडा,

२४ गते घोराहीको १३, तुलसिपुरको ७, लमहिको ६ र गढवाको ५ नम्बर वडा,

२५ गते तुलसिपुरको ६, घोराही १६ र लमही ६ नम्बर वडा,

२६ गते घोराही ५, १२ र १४, तुलसिपुर ६ नम्बर वडा,

२७ गते घोराही १७, लमही ७ र तुलसिपुर ५ नम्बर वडा,

२८ गते लमहिको ७, घोराही १९ र तुलसिपुर १७ नम्बर वडा,

२९ गते लमहिको ८, घोराही ६ र १८ , तुलसिपुर को १९ नम्बर वडा,

३० गते तुलसिपुर को १८, लमहिको ९ र घोराही को १८ नम्बर वडा,

३१ गते तुलसिपुरको ८ र लमहिको ९ नम्बर वडामा अभियान चल्ने उल्लेख गरिएको छ । यसका साथै सबै स्थानीय तहमा अभियान चल्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here