सबैको सहमतिमा संघीयता खारेज गरौं : राजेन्द्र लिङ्देन

0
590
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले सबैको सहमतिमै संघीयता खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै लिङ्देनले संघीयताकै कारण जनताले दुःख पाएको भए सहमतिमै संघीयता खारेज गर्ने प्रस्ताव अगाडी सारेका हुन् ।
उनले लेखेका छन् : “कर स्थानीयमा मात्र होइन, प्रदेश र केन्द्रमा पनि बढेको छ, प्रत्यक्ष जनतालाई मार परेकाले स्थानीयमा कर दर र दायरा वृद्धिको आलोचना भएको हो । विपक्षीहरू कर वृद्धि गरेर सरकारनै संघीयता असफल बनाउन खोज्दैछ भन्छन् । यो सत्य हो भने जनतालाई दुःख नदिई संघीयता सल्लाहले नै खारेज गरौं न ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here