श्रमजिवी नेपालीहरुको लागि मूल प्रवाह विश्वविद्यालय होः बस्याल

0
1540

कोट्याम नगर समितिको १०औं सम्मेल सम्पन्न

कोट्याम, ९–१० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोट्याम नगर समितिको ऐतिहासिक १०औं नगर सम्मेलन एसएनडिपी आनन्द आश्रम, चेंगनाचेरीमा सम्पन्न भएको छ ।

धर्मराज शर्माको अध्यक्षता तथा मनोज जीसीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा अथितिको आशन ग्रहण पश्चात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरे पछि उपस्थित जनमानसलाई संगीतबाट रक्तिम र शब्दबाट नारायण शर्माले स्वागत गर्नु भयो । सम्मेलनको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य महेन्द्र बस्यालले तालिको करतालमा मैन बत्ती जलाएर गर्नुभएको थियो ।

उद्घाटन भाषणमा मूल प्रवाह आज भारतमा रहेका नेपाली जनताको अविभावकीय संगठन मात्र नभई मार्क्सवादी दर्शन पढाउने उत्कृष्ट बिश्वबिद्यालय भएको बताउनु भयो । बस्यालले मूल प्रवाहले नेपालमा चल्ने मुक्तिकामी आन्दोलनमा सहयोग मात्र पुराएको छैन यस संगठनले नेपाल आमाको सुरक्षाको लागि पनि महत्वपूर्ण योगदान दिंदै आएको बताउनु भयो ।

नेपालको लागि संघीय संरचना उचित नभएको र यसबाट निस्कने दुष्परिणामले नेपाललाई अत्यन्तै जटिलता तर्फ धकेल्लने बस्यालको भनाई थियो ।

देशमा राष्ट्रपतिय साशन प्रणाली लागू भए देशलाई अधिनायकबाद तर्फ जाने बस्यालले जोड दिनु भयो । विदेशी शक्तिहरुको गोटी बनेर सत्तामा टिकीरहने प्रमुख राजनैतिक पार्टीहरूको गलत प्रबृतिका कारण आज देश सिक्किमकरण हुने खतरा बस्यालले औंल्याउनु भयो ।

“राष्ट्रियताको रक्षाका लागि देशबासी सहजक हुनु पर्ने बेला आएको छ ।” बस्यालले भन्नु भयो– “विश्व साम्राज्यवादले आणविक होटबाजी र मुनाफा कमाउन धेरै भन्दा धेरै कार्वनडाइअक्साइड ग्यास उत्सर्जन गरेर जलवायु परिवर्तनका कारण पृथ्वीलाइनै खतरा पुराइरहेका छन् ।”

त्यस्तै केन्द्रीय सदस्य चोभनाथ शर्मा, क्षेत्रीय सदस्य तुलबिर थापा र क्षेत्रीय प्रतिनिधि डम्मर थापाले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

१०औं नगर सम्मेलनले धर्मराज शर्माको अध्यक्षतामा १७ पूर्ण ४ बैकल्पिक र ६ सल्लाहकार गरि २७ सदस्य कोट्याम नगरसमितिको चयन गरेको छ । उपाध्यक्ष– शेर बहादुर विक, सचिव– मनोज जिसी, सहसचिव– डिल बहादुर राना र कोषाध्यक्ष टिकाराम सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरूमाः राजेन्द्र थापा, कृष्ण प्रसाद शर्मा, एकराज पौडेल, प्रेम शर्मा, धनकुमारी केसी, राम बहादुर खत्री, हरि प्रसाद पौडेल, खुमा देवी शर्मा, बालिका देवी शर्मा, लालचन्द्र शर्मा, गणेश शर्मा, जंग बहादुर थापा बैकल्पिक श्याम बस्याल, लक्ष्मी पौडेल, चन्द्र प्रसाद शर्मा र तेजबहादुर सिंह रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकार सदस्यमाः भद्र बहादुर थापा, नारायण शर्मा, भवानी पाण्डे, विष्णु सुवेदी र कौशीला थापालाई चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा प्रमुख अतिथि महेन्द्र बस्यालले गर्नुभएको थियो ।

महेन्द्र बस्याल, चोभनाथ शर्मा, मूल प्रवाह क्षेत्रीय समितिका सदस्य तुल बहादुर थापा, मूल प्रवाह क्षेत्रीय सदस्य बाबुराम रेग्मी, क्षेत्रीय प्रतिनिधि डम्मर थापा, त्रिभेंड्रम नगर समितिबाट चम्पा रेग्मी र कोचिन नगर समितिबाट जनक बिसी लगायतले नव निर्वाचित नगर समितिलाई बधाइ दिनु भएको थियो ।

बिचबिचमा रक्तिमका गित र नृत्य प्रस्तुतीले कार्यक्रमलाइ अत्यान्तै शोभायमान बनाएको थियो।
घोषणा सभाको अध्यक्षता भद्र बहादुर थापाले र सञ्चालन टिकाराम सुबेदीले गर्नु भएको थियो । अथितिहरूको आसन ग्रहण पछि उपस्थित जनमानसलाई रक्तिमका कलाकाहरु र विष्णु सुवेदीले स्वागत गर्नु भयो ।

सम्मेलनको दौरानमा खेलाइएको खेलमा बिजयी खेलाडीहरूलाई सम्मेलनका प्रमुख अतिथि महेन्द्र बस्यालले पुरस्कार बितरण गर्नु भएको थियो । खेलमा ४ टिमले भाग लिएका थिए भने प्रथम कोचिन नगर समिति, द्वितीय कोट्याम ए र त्रितीय कोट्याम सि भएका थिए । उक्त खेललाई बिधिबतरूपमा संचालन गर्नको लागि ३ जना अम्पायर चयन गरिएको थियो जसमा डम्मर थापा, मनोज केसी र विष्णु सुवेदी रहनु भएको थियो । सो खेलकुद कार्यक्रमको उद्घाटन पनि महेन्द्र बस्यालले नै गर्नुभएको थियो ।

सम्मेलनको साँझपख रक्तिमका कलाकारहरूले लोक प्रिय नेपाली नौमति बाजाका साथै गीत र नृत्य प्रस्तुती गरेका थिए । भीम प्रसाद आचार्यले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here