शुभकामना

0
265

प्रदेशीलाई न तीज, न दशै, न तिहार
धनको भरमा ढल्छ जीबन बारबार ।।

समुन्द्र पारीको बस्तीबाट सबैलाई
संझनाछ मेरो खुसी रहनुस सदाबहार ।।

नया रंग, नया ढंग, उन्नती प्रगति होस
यही छ शुभकामना तिजको दमदार ।।

रमाउने मात्र होईन विचार बदलियोस
फेरियोस संसार ईतिहाँस होस होनहार ।।

प्रदेशीलाई न तीज, न दशैं, न तिहार
धनको भरमा ढल्छ जीबन बारबार ।।

नवीन बस्याल प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here