शुदोध्दन गाउँपालिका बेतानिमा च्याउ उत्पादन तालिम संचालन

0
71

बैशाख १७, बुटवल ।  स्थानिय रुपमा सामान्य तवरबाट निर्वाहमुखी कृषि गर्दै अाउनुभएका महिला तथा पुरुषहरुलाई व्यावसायिक कृषक तथा उद्यमी बनाउने उदेश्यले शुदोध्दन गाउँपालिकाको बेतानिमा च्याउ उत्पादन तालिम संचालन भैरहेको छ ।

श्री जनता माध्यामिक विद्यालय अमुवाको आयोजनामा संचालित उक्त तालिम तिन महिनासम्म चल्ने विद्यालयले जनाएको छ । तालिमको ब्यवस्थापन CTEVT ले गरेको हो ।

स्थानीय तथा अन्य ठाउँबाट गरी २० जना प्रशिक्षार्थीको सहभागिता रहेको उक्त तालिम जेठको तेस्रो हप्तासम्म संचालन हुनेछ। तालिमको मध्यखण्ड सम्म आईपुग्दा सहभागीहरुमा आत्मविश्वास बढेर गएको तालिमका मुख्य प्रशिक्षक एवं स्पिन्जर च्याउ फर्मका प्रबन्धक राजन पौडेलले बताए । उनले सैद्धान्तिक एवं प्रयोगात्मक दुवै माध्यमबाट च्याउ उत्पाद, व्यवस्थापन र बजारिकरण सम्वन्धि बिषयबस्तु तालिम अबधिमा सिकाईने छ जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here