शान्ति आलेलाई सहयोग गरौं

0
121

पुना । अर्घाखाँचीको सिद्धारा निवासी शान्ती आले मगरको टाउको अप्रेशनका लागि रु. ८ लाख खर्च लाग्ने भएकोले उनको परिवार यतिवेला आर्थिक जुटाउन लागि परेको छ । आफूहरुको पारिवारिक आर्थिक स्थिति कम्जोर भएको भन्दै भारत प्रवासमा रहनु भएका आम नेपालीहरु समक्ष शान्ती आलेकी श्रीमान काशिराम आलेले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
                  यसैबीच पुनाको मावल तालुकास्थित तलेगाव दाभाडेमा रहनु हुने नेपाली श्रमिकहरुले रु. १० हजार ८५० सहयोग गरेका छन् । सहयोग गर्ने दाताहरुमा शेरबहादुर पुलामी रु. ५००, चक्रबहादुर दर्लामी रु ५०० , हरिसिंह राना रु. ५००, नविन दर्लामी रु. ५००, रोमा बहादुर मरसाङगी रु. १०००, चिन्तामणी रखाल रु. ३००, नवराज आले रु. ५००, पदम दर्लामी रु. ५००, टोप बहादुर बराल रु. ३००, सन्तोष घर्ति रु. २५०, सुरेश राना रु. ५००, मयुर थेवरकर रु. ५००, विरु बराल रु. ५५०, चेतन घर्ति रु. ५००, चन्द्र थापा रु. ५००, गोकुल लम्साल रु. ५००, मिलन फौंजा रु. ५००, दिलीप मगर रु. २००, निसान थापा रु. ५००, जुकान थापा रु. १००, निर्मल रास्कोटी रु. २००, रोशन चौहान रु. २००, विक्रम थापा रु. १००, लालु मगर रु. १००, अस्मीत थापा रु. ५० र रोम बहादुर फौंजा रु. ५०० गरि जम्मा रु. १० हजार ८५० आर्थिक सहयोग संकलन गरिएको छ ।

यसैगरी देश विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली सहयोगी मनहरु समक्ष पनि शान्ति आलेको जीवन रक्षाको लागि आले परिवारले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here