विज्ञानले आज पृथ्वीमा मात्र नभई, अन्तरिक्ष लगायत विभिन्न ग्रहहरूमा खोजअनुसन्धान जारी राखेको छ । मानव समाजलाई नयाँ एवं नौला जानकारीहरू प्रदान गर्दै आएको छ । ठूलठूला खतराहरूबाट मानव समाजलाई मुक्त गराउँदै आएको छ । तर आज पनि केही यस्ता सम्स्याहरू छन् जसले वैज्ञानिकहरू लागि पनि चुनौति बनेको छ । जस्तैः ग्लोवल वार्मिगं, एड्स र आतंकवाद आजको विश्व समस्या भएको छ । स्वाथ्यको क्षेत्रमा देखापर्ने विभिन्न रोगका किटाणुहरू पत्तालगाउने र तिनको सहि निदान गर्ने वैज्ञानिकहरूको विचमा होडवाजी चलिरहेको छ । यस अवस्तामा पनि मानव समाजमा प्रकृति प्रकोपबाट मात्र नभई स्वयं मानिसहरूको लापरवाहीका कारणले पनि मानव समाज मृत्युको वादल मडारिनबाट पुरै मुक्त हुन सकेकेा छैन । मानव समाजको लागि चुनौतिको वियया बनेको यस आतंकपूर्ण रोगको नाम हो श्एक्वायर्ड इम्यून डेफीश्येन्सी सिन्ड्रोमश् Acquired Immune Deficiency Syndrome –AIDSहो । जसलाई छोटकरीमा एड्स भनिन्छ । यस रोगको किटाणु हुम्यान इम्यूनो डेफीश्येन्सी भाइरस Human Immuno Deficiency Virus- HIV हो यसलाई छोटकरीमा एचआइभी भनिन्छ । एड्सको विषाणु एच.आई.भी. हो भन्ने कुरा 1986 मा अमेरीकाको आई.सी.टी.भी.ले पत्ता लगाएको थियो । यो रोग घातक तथा पीडाजनक हुनुको साथै लज्जा तथा अपराध बोधको भावनासँग पनि सम्बन्धित छ । एक्वायर्ड इम्यून डेफीश्येन्सीको अर्थ रोग प्रतिरक्षा गर्ने शरीरको निजी प्रणाली कमजोर भएर जानु हुन्छभने सिन्ड्रोम शब्दलाई विरामीको पर्याय मान्न सकिन्छ । एड्स संक्रमणताको ब्यापकता तथा उपचार सम्भव नभएकाले आज एड्सको डरले अन्धो समाज यसका रोगीहरूसँग त्यस्तै व्यवहार गरिरहेको छ जस्तो कि धेरै बर्ष अघि कुष्ठरोगीहरूसँग गर्ने गरिन्थ्यो । कुनै ब्याक्तिमा एड्स रोग लागेको थाहा पाए पछि छिमेकी, आफन्त तथा मित्रवर्ग पनि टाढा-टाढा हुन थाल्छन् । बाल-बालिकामा यसको लक्षण देखापर्ने वित्तिकै तिनलाई विद्यालयबाट निस्कासित गर्नुका साथै समाजबाट पनि तिरस्कृत गरिन्छ । मानव इतिहासमा आजसम्म जे जति रोगहरूको उल्लेख गरिएको छ ती मध्ये एड्सले सवैभन्दा बढी त्रास उत्पन्न गरेको छ । किन भने एड्सका विषाणुको विशेष प्रकृति हुनु हो । जसले गर्दा निकट भविष्यमा यसको कुनै खोप वा उपचारको अनुसन्धान संम्भव देखिएको छैन ।
एड्सको विषाणुलाई पत्ता लगाउन वैज्ञानिकहरूलाई निकै समय लाग्यो । सन् 1979 मा अमेरिकामा 11 जना यस्ता रोगी फेला परे जसमा सर्वथा नवीन लक्षण देखापरिरहेको थियो र ती तिनीहरूको रोग प्रतिरक्षा प्रणाली समान रूपले कमजोर भइरहेको थियो । ती रोगीहरूको जाति, रंग, धर्म, खानपान, सामाजिक तथा यौन व्यवाहारको अध्यानगर्दा तिनिहरू मध्ये अधिकांसतया समलिंगी ;भ्वउवेमगनंसेद्ध भएको तथ्य थाहा पाइयो । पछि गएर सिरिंजको माध्यमबाट नसालु पर्दाथ सेवन गर्नेहरूमा र हेमोफिलिकहरूमा पनि यस रोगका लक्षण देखापर्न थाले । यस पछि हैतीबाट देशान्तरित अमेरिका आएका बयस्क एवं बाल-वालिकाहरूमा पनि यस रोगका लक्षण देखापर्न थाले । एड्स रोगी सन् 1979 मा चिकित्सकहरू सामु आए पनि वास्तवमा एड्सको जानकारी भने 1981 देखि सुरू भएको मानिन्छ । 1985 मा वैगानिकहरूले यस तथ्यको रहस्योत्घाटन गरे कि यो कुनै नयाँ रोग होइन । मानव समाजमा यो 50 सौं बर्षदेखि सुषुप्त अवस्थामा थियो । वैज्ञानिकहरूको अनुमान छ कि एड्स विषाणुको पूर्वज अफ्रिकामा पाइने हरियो बाँदरमा लामो समयदेखि थियो । जहाँ यसको विकास हुन गयो कि यी विषाणु मानव कोशिकामा प्रवेशगरी आफुमा गुणात्मक वृद्वि गर्न सफल भयो । एड्सका विषणु मानिसका ती जातिहरूमा सर्वप्रथम देखापरे जसलाई हरियो बांदले टोक्यो अथवा जसले हरियो बाँदरको मासु खास गरेर काँचो गिदि खाने गर्थे । यो विस्तारै अरू देशमा फैलिन पुग्यो । यसरी आज विस्वमा एड्स महामारीको रूपमा फैलीएको छ कि यदि केही वर्ष भित्रै यसको उपचार पत्ता लागेन भने विकराल हुँदै जानुका साथै करोडौं मानिसहरू यसको शिकार बन्नेछन् । 1981 मा पत्ता लागेको यो रोग आज विस्वका लगभग सवै देशहरूमा फैलिएको छ । विस्वको आँकडा अनुसार 1981 देखि 2007 सम्मको तथ्यांक हेर्दा 25 मिलीयन यानी 2 करोड 50 लाख मानिसको एड्सले ज्यान लिइसकेको छ भने 33.2 मिलीयन यानी 3 करोड 30 लाख 20 हजार मानिस यस रोगबाट ग्रसित छन् । वर्षेनी लाखौंको संख्यामा यसको बृद्धिहुँदै गएको कुरा विस्व स्वास्थ्य संगठनले जनाएको छ।
कारणरू एड्स रोगीमा विशेष प्रकृतिका लक्षण देखापर्ने वित्तिकै वैज्ञानिकहरूको समुहले यसका कारक तत्वहरूको अनुसन्धान गर्न थाले । खोजको क्रममा 1982 को अन्त तिर आएर व्यापक रोग विज्ञानको तथ्यांकले पुष्टि गर्यो कि एड्स एक संक्रामक रोग हो । जुन यौन सम्पर्क अथवा रक्तदान ;ठसववक ज्तंदेनिेपवदद्ध को माध्यमबाट सर्ने गर्दछ । एड्स अति सुक्ष्म एचआईभीले गर्दा लाग्ने हुन्छ जुनकि मुख्यतया संभोग गर्दा एकबाट अर्कोमा सर्ने गर्दछ । तर यस बाहेक अन्य माध्यमले पनि यो रोग सर्न सक्छ । जस्तै समलिंगीहरूसँगको मैथुन क्रिया, रक्तदान, रोगीले प्रयोग गरेका सुई र ब्लेडको प्रयोग गर्नाले, रोग ग्रस्त आमाले बच्चा जन्माउनाले र संक्रमित वीर्य तथा अंगको प्रतिस्थापन गर्दा एड्स रोगका विषाणुहरू सर्न सक्छन् ।
लक्षणहरूरू एड्सका विषाणु कुनै स्वाथ्य व्याक्तिको शरीरभित्र प्रवेश गरेपछि पनि धेरै दिनसम्म त्यो व्याक्ति स्वस्थ देखिन्छ र उसमा रोगको कुनै लक्षण देखापर्दैन । रोगको संक्रमण र रोगको लक्षण देखापर्नुको वीच लामो अवधि हुनुको प्रमुख कारण संक्रमणको समय, उमेर, स्वास्थ्य स्तर, अन्य रोगको संक्रमण, रोग प्रतिरक्षा शक्ति कमगर्ने खालको लागू औसधिको सेवन इत्यादि हुनु हो । एचआईभीको संक्रमण पश्चात रोगीमा विभिन्न लक्षण देखापर्ने हुन्छ ।
प्रथमचरणका लक्षणहरूरू रगतमा एच.आई.भी.को संक्रमण हुने वित्तिकै यसले शरीरको प्रतिरक्षा प्रणालीलाई उत्तेजित गरी एण्टीबडीजको उत्पादन बढाई दिन्छ । कसैकसैमा एन्फुयेन्जा जस्तै साधारण ज्वरो देखापर्दछ । विस्तारै शरीरको विभिन्न भागका जस्तै घाँटी, काखी, काँधका ग्रन्थिहरू सुन्नि थाल्छन् । अप्रत्यासित रूपमा विनाकारण खाना खान मन नलाग्नु र शरीरिक वजन घट्दै जान्छ । लामो समयसम्म ज्वरो आइरहनु तर त्यसको कुनै कारण थाहा हुन नसक्नु । रातीपख बढी पसिना आउनु, रोगी राती सुतेको बेला एक्कासी झस्केर बिउझनु र आफुलाई पसिनाले भिजेको पाउनु । अस्पष्ट कारणले धेरै दिनसम्म झाडा-पखला लागि रहनु । मुखमा सेतो छाला देखापर्नु र भोजन नलीसम्म फैलिनुको साथै खाना निल्दा घांटी दुख्ने हुनु । मुखको श्लेष्मिक झिल्लीमा, जिव्रो तथा योनी मार्गमा सेतो तथा कडा टाटो देखा पर्ने हुन्छ । यो क्यान्सरको पूर्व अवस्था मानिन्छ । स्नायुतन्त्रमाथि खटिराहरू देखापर्ने हुन्छ । यस भन्दा पनि रोग जटिल बन्दै गयो भने निम्न लक्षण देखापर्दछन् । विशिष्ट लक्षणको अबस्था रोगको अवस्था विशिष्ट हुँदै गएपछि रोगीलाई पटक पटक न्यूमोनिया हुने, खटिरा आउने, छालामा क्यासर हुने गर्दछ । टाउको दुख्ने, वाक-वाक हुने धमिलो देख्ने हुन्छ । गिदि सुनिने, अल्छी लाग्ने र भ्रम उत्तपन्न हुने गर्दछ । रोगीमा घाउलागेमा छिटै निको नहुने र फैलिँदै जाने हुन्छ । सिरींन्जको माध्यमबाट लागू औषधी सेवन गर्नेहरूमा हाड, लसिका ग्रन्थि, गुद्द्वारामा क्षयरोगको संक्रमण देखापर्ने हुन्छ ।
रोकथामरू रोगलाग्नु भन्दा रोगको वाटो छेक्नु राम्रो हो ;च्तमअमदजपवद व िइमजजमत जींद बनतमद्ध भन्ने उक्ति प्रत्येक परिस्थिति र समयमा सत्य हो, तर एड्सको अर्थमा यो कही ज्यादा सही तथा सत्य हुन पुगेको छ । किन भने हालसम्म एड्स रोग निको पार्ने कुनै औषधि अथवा सुरक्षाको लागि कुनै खोप पत्ता लाग्न सकेको छैन । तर यस रोगबाट वच्ने उपय भने अत्यान्त जरूरी छ । एड्सको संक्रमण हुनु भनेको निश्चित रूपमा मृत्यु हुनु हो । यो अन्य रोग जस्तै एक्कासी एवं अन्जानमा लाग्ने रोग पनि होईन । यस रोगलाई व्याक्तिले सचेत रूपमा स्वयम निम्त्याउँ छ । अर्थात व्याक्ति आफै एड्सको विषाणु भएको ठाउँमा सम्र्पक राखी रोगी बन्न पुग्दछ । तर्सथ उपचार तथा खोपको लागि कुनै औसधि नभएको अवस्थामा स्वास्थ्य शिक्षाको अध्ययनद्वारा संक्रमणलाई फैलिन नदिनुनै रोकथामको मूल एवं उत्तम उपाय हो । एड्स रोगबाट हुने क्षतीको बारेमा सबै नागरीकलाई चेतनामूलक कार्यक्रम संचालन गर्नु पर्दछ । धेरै जनासँग यौन संम्र्पक गर्नु हुँदैन । समलिंगीहरूको यौन सम्वन्धबाट टाढा रहनु पर्दछ । एड्स संक्रमीत महिलाले संतान उत्पादन गर्नु हुँदैन । रक्तदान गर्दा परिक्षण गरेर मात्र गर्नुपर्छ । सुई र ब्लेडहरू प्रयोग गर्दा होसीयार गर्नु पर्दछ । गाउँ घरमा धेरै व्याक्तिहरूले चिउढोमा तथा शरीरका विभिन्न अंगमा निलाअक्षरले लेख्ने गर्दछन् । त्यो आज एड्स सार्ने माध्यम भएको छ । किन भने अशिक्षा र गरिविका कारण उनीहरूले एउटै सियो अथवा सुइले धेरै मानिसलाई छालामा कोपेर विभिन्न आकृति बनाई दिन्छन् । यसले गर्दा एड्स सजिलै सर्न सक्दछ । कहिकतै एचआईभी भएका मानीसहरूले खाना एवं फलफूल तयार पार्दा चोपटक लागि निस्किएको खुन खाना र वर्तनहरूमा लटपट भई त्यो खाना स्वच्छ मानिसले खाँदा पनि एड्स सर्न सक्छ तर्सथ सबै ठाउँमा होसीयार रहनु उत्तम हुन्छ । कतिपय ठाउँमा वाँदर मारेर खाने चलन छ, त्यो राम्रो चलन होइन । किन भने वाँदरहरूमा अचेत्नाका कारण छाडा यौन संम्र्पक गर्ने गर्दछन् जसका फलस्वरु वाँदरमा पनि एचआभी हुन सक्छ ।
नेपालको संन्र्दभमा भन्ने हो भने 1988 सम्म नेपालमा एड्स सुन्य थियो । अहिले यसको नेपालमा एचआइभी संक्रमीतहरूको संख्या 70 हजार भएको कुरा सरकारी श्रोतले जनाएको छ । भने लगभग 500 जन जति एड्सका कारण जिंदगीबाट विदा लिईसकेका छन् । गरिवी र अशिक्षाका कारणलेनै नेपालमा एड्स अहिले अत्यान्तै तिव्र गतिमा फैलिएको पाईन्छ । वढ्दो वेरोजगारका कारण भारत वाहेक तेस्रो मुलुकमा मात्र 30 लाख नेपाली युवा-युवतिहरू रोजीरोटीको चाहारामा भौतारिने गर्दछन् । लामो समयसम्म विदेशमा रहने हुनाले उनिहरू मध्ये कतिपय विदेशीहरूसँग जान वा अन्जानमा यौन सम्र्पकमा पुग्दछन भने कयौं नेपाली चेलीहरू जोरजबरजस्ती बलत्कृत हुने गर्दछन्, जसले गर्दा एड्स संक्रमीत हुन्छन् । पैसाको वदला घातक एड्स लिएर आउने गर्दछन् । यसको बारेमा पश्चिमका महिलाहरूले पैसा कामाएर ल्याउ एड्स लिएर नआउ भन्ने अभियान नै चलाएका थिए, भने कतै कतै महिलाहरूले विदेशमा रहेका आफना श्रीमानलाई उपहार स्वरूप ढाल अथवा कण्डम पठाएर जनचेताना फैलाएको पनि उदाहारण छ । गरिविका कारण कतिपय महिलाहरू ब्यस्या वृत्तिमा संलग्न हुन वाध्य भएका छन् । आज नेपालका कैयन रेस्टुरेंट र होटलहरूमा देह ब्यापार गरेर मोटो मुनाफा कमाउनेहरूले पनि एड्स फैलाउन मद्दत गरेका छन् । भने कतिपय विदेशी टुरीस्टहरूले पनि नेपालमा एड्स फैलाउने गरेको पाईन्छ ।
सामान्यतया एड्स महिलाहरूबाट पुरुषमा भन्दा पुरूसबाट महिलाहरूमा सर्ने सम्भावना बढि हुन्छ । एचआईभी ष्एष् देखि ष्जेष् सम्मका प्रजातिहरू छन् । नेपालमा अहिलेसम्म ष्सीष् प्रजातिको एचआईभी भएको सरकारी श्रोतले जनाएको छ । एड्स लामो समय पछि देखापर्ने हुनाले यदि कसैले अवैधानिक यौन सम्र्पक राखे पछि तुरून्तै एचआइभी चेक गरेर नेगेटीव रिजल्ट आउँदैमा आफु यस रोगबाट मुक्त भएको सम्झनु हुँदैन । यो रोगका विषाणु पोजेटीव देखिनको लागि कसैलाई दश वर्ष पनि लाग्न सक्छ । विरामी भएर पनि फेरी संचो भए जस्तो लाग्छ । तर रोगले मन्दगतिमा सताईनै रहेको हुन्छ । तर्सथ नजानी गाउँको बाटो नसोध्नु भने झैं त्यो लाइनबाट बच्नु नै उत्तम हुन्छ । एचआइभी भयो भन्दैमा उसलाई हेला गर्नु हँुदैन । उनीहरूलाई पनि समाजमा ससम्मान वाच्न दिनु पर्दछ । उनिहरूको रोग अरू स्वच्छ व्याक्तिमा नफैलियो भन्नका लागि एड्स रोगीहरूलाई शिक्षित बनाउनुका साथै हौसला दिनुपर्दछ ।
विस्व स्वास्थ्य संगठनले 1998 देखि यस घातक रोग एड्सबाट वच्नको लागि विभिन्न जनचेतना मूलक कार्यक्रमहरू जस्तै विचार गोष्ठि, सभा सम्मेलन, घर दैलो कार्यक्रमहरू र निशुल्क अस्थाई साधनहरूको उपलब्ध गराउँदै आएको पनि छ । अर्कोतर्फ विकसित मुलुकहरूमा यसप्रकारका विषयहरूलाइ पाठयक्रमकै रूपमा संचालन गरिँदै आएको छ । र प्रत्येक वर्ष डिसेम्वर महिनाको 1 तारिकलाई एड्स दिवसको रूपमा विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउँदै पनि आएको छ । विकसित राष्ट्रहरूले गरिव राष्ट्रहरूलाई आर्थिक र शैक्षिक रूपमा सहयोग गर्दै आउनुले केहि हदसम्म जनचेतना फैलिएको छ । तर यसलाई सहि रूपमा कार्यन्वयन गर्न विभिन्न राजनैतिक पार्टीहरूले र संस्थागत रूपमा र मिडियाहरूमार्फत पनि सहयोग सर्मथनको आवश्यकता पर्दछ । नेपाल जस्तो गरिवी र अशिक्षित देशमा एड्सको बारेमा जनचेतनामूलक कार्यक्रमहरू तिव्रगतिमा नलाने हो भने एडस रोगबाट धेरै ठूलो क्षति ब्योहर्नु पर्ने छ । अन्ततरूवैवाहिक सम्वन्धको विषयमा नेपाली प्रचलन अनुसार विवाह पूर्व केटी हेर्ने चलन छ । भोलीका दिनहरूमा कतै केटीहेर्नु भन्दा पहिला एड्स छ कि छैन भनेर हेर्न नपर्ला भन्न सकिन्न । तर्सथ सबैको राम्रोको लागि सबैले राम्रो सोंचौं । विभिन्न रचनात्मक कार्यक्रमगरी एड्सको बारेमा जनचेतना जगाउँ यस्तो डरलाग्दो रोगबाट होसियार सावधानीका साथ बचैं ।
{नोटः- मलाई मेरो एकजना आत्मीय साथीले एड्सको बारेमा लेख लेख्ने सल्लाह दिनुभएको थियो । सन्देशसंगै सबै हाम्रा पाठकहरूमा घातक रोग जानकारी अथवा चेतना जागोस भनेर नै यस लेखमा एड्सको बारेमा छोटो परिचय दिने जमर्को गरिरहेको छ ।}