“विदेशीलाई सहजरुपमा नागरिकता दिलाउन नागरिकता ऐन संशोधन विधेयक ल्याइएको छ”- केसी

0
187

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशीलाई सहजरुपमा नागरिकता दिलाउन नागरिकता संशोधन विधेयक ल्याइएको बताएका छन ।नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा काठमाडौँमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै केसीले उक्त कुरा व्यक्त गरेका हुन् । संसदमा विचाराधीन उक्त विधेयक पारित भएमा लाखौंलाख विदेशीले नेपाली नागरिकता पाउने र नेपाल सिक्किमिकरण र फिजीकरणको बाटोमा जाने उल्लेख गर्दै उक्त विधेयकको विरुद्ध देशव्यापी दवाव सृजना गर्न समेत उनले आम जनतालाई अपिल गरेका छन् ।

कार्यक्रममा पूर्व सचिव द्वारिकानाथ ढुंगेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेकपा मालेका नेता सीपी मैनाली लगायत सहभागी थिए । कार्यक्रममा सहभागी वक्ताहरुले विधेयकमा विदेशीहरुलाई नेपाली नागरिकता दिन खुकुलो व्यवस्था भएको भन्दै उक्त विधेयक फिर्ता लिन सरकारसँग माग गरे । उनीहरुले विधेयक राष्ट्रघाती भएकोले उक्त विधेयक खारेज  गर्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

संघर्ष समितिले चैत १० गतेदेखि देशव्यापी रुपमा हस्ताक्षर संकलन पर्चा वितरण, सांसदहरुलाई ध्यानाकर्षण लगायतका विरोधका कार्यक्रम गर्दै  आएको छ । देशव्यापीरूपमा संकलन गरिएको हस्ताक्षरलाई चैत्र २९ गते सरकारलाई बुझाउने संघर्ष समन्वय समितिले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here