विदेशमा खर्चर्ने उत्पादन शक्ति आफ्नै देशमा खर्चन पाउनु पर्छ

0
438

हेमन्त वाइवा, अध्यक्ष, कतार नेपाली एकता समाज

काभ्रेपलाञ्चोक जिल्ला कै विकट ठाउँ, जुन ठाउँलाई डाँडापारी भनेर पनि चिनिने, हाल महाभारत गाउँपालिका वाड न.६ मा पर्दछ हेमन्त वाइवाको घर । निम्न परिवारिक अवस्था रहेका हेमन्त वाइवा हालै सम्पन्न कतार नेपाली एकता समाजको पाचौं राष्ट्रिय सम्मेलनद्वारा अध्यक्षमा निर्वाचित भएका छन् । २०३५ सालमा बुबा उत्तर कुमार वाइबा र आमा कदम कुमारी वाइबाको कोखबाट जन्मीएका वाइवाका दुई छोरी र एक छोरा छन् । खेती किसानीमा अधारित परिवारका सदस्य वाइवाले एसएलसी सम्मको अध्ययन गरेका छन् । वाइवा सन २००५ देखि कतारमा एक आम नेपाली मजदुरहरु कै रुपमा प्रवेश गरेका हुन् । सन २००६ देखी एकता समाजमा संगठित भएका वाइवाको कतार बसाइ १३ बर्ष भइसक्यो । वाइवाले बुबा आमा गुमाईसक्नु भएको छ । वाइवाको परिवारको बसाई हाल भक्तपुरमा छ । वहाँसँग हाम्रा सहयोगी रेशम रोकाले गर्नु भएका कुराकानीको संक्षिप्त अन्तर्वार्ता प्रकाशित गरेका छौं ।

  • सर्व प्रथम कतार नेपाली एकता समाजको अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई छ ।
    धन्यवाद ।
  • कतारस्थित नेपाली मजदुर नेताको हैसियतले कतारस्थित नेपालीहरूका समस्यालाई कसरी लिनु भएको छ ?

कतारस्थित प्रवासी नेपालीहरूको समस्या विकाराल नै छन् । समस्याहरू धेरै खालका भएकाले हामीले यसलाई तिन भागमा वर्गीकरण गरेर हेर्ने गरेका छौं । पहिले अज्ञानता वा कमजेरी चेतनाको कारणले सिर्जना हुने समस्या । दोस्रो कम्पनीहरूको कारणहरूले सिर्जना हुने कानुनी समस्या र तेस्रो म्यनपावर ठग दलालबाट सिर्जना गरिएका समस्या । मुख्य त तिनै समस्याहरूबाट नेपालीहरू पिडित छन् । यस खालको समस्यालाई समाधान गर्नको लागि पनि त्यही किसिमके पहलपदमी लिनु पर्ने हुन्छ । हाम्रो संगठन कतार नेपाली एकता समाजले विगतदेखि नै त्यसैगरि काम गर्दै अइरहेको छ ।

जस्तै पहिले नम्बरको समस्या समाधानको निम्ति प्रवासी नेपालीहरूमा चेतनाको अभिबृदि गर्ने । त्यसका लागि मजदुर वाहुल्य ठाउँहरूमा क्लास, प्रशिक्षण गर्ने, कुलत, विकृति, बिसङ्गतिबाट टाढा राख्ने प्रयास गर्ने । दोस्रो समस्या कम्पनीहरुको लापरबाहीको कारणले सिर्जना हुने कानुनी समस्या भएकाले यसलाई जति सक्दो छिटो न्याय दिलाउनका लागि नेपाली दूतावाससँग समवन्य गरेर काम गर्ने गरेका छौं । तेश्रो भने के म्यानपावर, ठग दलालबाट ठगिएका पिडित बनाइएका समस्या हुन् । यसको मूल जड निजी क्षेत्रलाई म्यानपावर खोल्न दिने सरकारको गलत नीति हो । जबसम्म यो सच्याइँदैन तबसम्म एउटा म्यानपावर वा दलालको पछाडी लाग्दैमा समस्या समाधान हुदैन । त्यसकारण हामीले बिगतदेखि नै निरन्तर रुपमा सरकारले ति गलत नीतिलाई सच्याउनु पर्दछ र सरकार मार्फत नै पठाउने व्यावस्था गरिनु पर्दछ भन्ने धारणा राख्दै आएका छौं । त्यसो भए मात्र समस्या समाधान हुन सक्दछ । त्यसको लागि हामी निरन्तर संघर्षमा छौं । आशा छ एकदिन सुनुवाई हुनेछ ।

  • कतार नेपाली एकता समाजले देशको राजनीतिक अवस्था र समस्या समाधानको निकास बारे प्रवासी नेपालीहरुलाई सहभागी गराउन कस्तो योजना छ ? अगामी कार्यक्रम बारे बताइ दिनु होस न ।

अवस्य पनि । कतार नेपाली एकता समाज उउटा वैचारिक संगठन हो । कतारमा कार्यरत नेपालीहरु मात्र केही समयका लागि मजदुरी गर्न आएका हुन् । भोली त देश फर्कनु नै छ । देशको एकात्मक वा नकारात्मक परिस्थितिको प्रभाव यहाँको प्रवासी नेपालीहरुलाई प्रत्यक्ष रुपमा नै पर्दछ । अहिले देशमा आम निर्वाचन पश्चात नेपाली जनताले सोंचे जस्तो अपेक्षा गरेअनुसारको थोरै पनि काम भइरहेको अबस्था छैन । देशलाई अनाबश्यक रुपमा संघीयता लगिएको छ । यति सानो र आर्थिक रुपमा कमजोर मुलुकमा ८ ओटा सरकार निर्माण गरिएका छन् । सरकारी बजेट बिकास निर्माणमा भन्दा साधारण खर्चमा खर्च हुने अबस्था सिर्जना भएका छन् । तिनै खर्च जुटाउनको निम्ति जथाभावी जनता माथी कर थोर्पाने काम भइरहेका छन् । यसबाट जनता प्रताडित छन् । यस्तै अबस्था रहिरहे देशमा आर्थिक अस्तव्यस्तता सिर्जना हुनुको साथै नेपाली समाज अराजक र अपराधिकरण तिर जान सक्दछ । अन्तत: देश नै असफल हुने सम्भावना रहन्छ । त्यसैले यस्तो अबस्थाबाट देश र जनतालाई मुक्ति दिलाउन संघीयतालाई खारेज गर्नुको विकल्प छैन । त्यसको विकल्पमा पुर्ण विकेन्द्रीकृत र स्थानिय स्वशासनमा आधारित एकात्मक प्रणलीमा देशलाई लैजानु आवश्यक छ । त्यसैले हाम्रो अगामी र्कायक्रम त्यसै दिशा तिर परिलक्षित हुने छ ।

  • तपाइहरुले स्वदेशमा नैतिक रुपमा सर्मथन गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा संघीयता बिरुद्घको आन्दोलनमा नै केन्द्रीत छ । कतार स्थित नेपालीहरुलाई संघीयता बिरुद्घको आन्दोलनमा सरिक गराउँदै हुनुहुन्छ ?

हो, हामीले नैतिक रुपमा समर्थन गरेको पार्टी राष्ट्रिय जनमोर्चा निरन्तर संघीयता बिरुद्धको आन्दोलनमा छ । संघीयता बारे जनताले हिंजो भन्दा आज धेरै कुराहरु ब्ुाझिसकेका पनि छन् । राष्ट्रिय जनमोर्चाको आन्दोलनले नै त्यो काम गरेको हो । अहिले देशमा संघीयता लागु भएको छ । संघीयताले प्रारम्भमै आफ्नो रुप प्रस्ट देखाएको छ । त्यसकारण नेपाली जनताले संघीयता मोह विस्तारै त्याग्दै गइरहेका छन् । कतारस्थित नेपालीहरुलाई पनि हामी यी नै कुराहरु प्रस्ट्याउछौं र आन्दोलनको पक्षमा संगठित गर्छौ ।

  • प्रवासी नेपालीहरुको मताधिकारको बारेमा के छ तपाइहरुको संगठनको धारणा अब ?

यस बारेमा हाम्रो संगठनले बिगत देखि नै निरन्तर संर्घष गर्दै आएका छ । ४० लाख युवा जन शक्तिलाई बाइपास गरेर देशमा जनप्रतिनिधि चुन्नु आफैमा पुर्ण बैधानिक होइन । मताधिकार मात्र होइन, प्रवासी नेपालीहरुलाई चुन्ने र चुनिने दुवै अधिकार दिइनु पर्दछ । यसको ब्यबस्था मिलाउन सरकारले अमिलम्व कदम चालोस् भन्ने हामी चाहन्छौ । प्रवासी नेपालीहरुको मताधिकारका लागि अन्तिमसम्म आवाज उठाउन हामी तयार छौं ।

  • कतारमा त छिमेकी देशहरुले नाकाबन्दी लगाएको सुनिन्थ्यो, अहिले कतारको अबस्था कस्तो छ ?

हो, कतारमा छिमेकी देशहरुले नाकाबन्दी लगाएको छ । अहिले पनि नाकाबन्दी जारी नै छ । नाकाबन्दीबाट सामान्य त प्रभाव परेको नै छ । तर पनि सबै कामहरु सामान्य ढंगले नै चलिरहेको छ । तथापी महङ्गी केही बढेको छ । निर्माण क्षेत्रका कम्पनीहरुलाई बढी असर परेको देखिन्छ । यति हुँदाहुँदै पनि यो नाकाबन्दीले कतारलाई आत्मनिर्भर बनाउने दिशातिर डोर्याई रहेको छ ।

  • नाकाबन्दीको असर नेपाली कामदार माथी कस्तो पऱ्यो ?

नाकाबन्दीले नेपाली कामदारलाई असर नपर्ने त कुरै भएन । खास गरी नेपाली कामदार निर्माण क्षेत्रमा बढि कार्यरत रहेको हुनाले त्यस क्षेत्रमा बढी प्रभाव परेकोले निश्चित रुपमा नेपाली कामदारलाई पनि असर पर्याे । तर पनि अति नै पर्ने अबसथा भने छैन ।

  • त्यहाँको लाखौ लाख कामदारको पक्षमा श्रम सहचारीको भुमिका कस्तो छ ? कतारका लागि श्रम सहचारीको संस्था कति छन् ? के त्यो संस्था पर्याप्त छ ?

यहाँ श्रम सहचारी एक जना रहेका छन् । श्रम सहचारीको भुमिका सकारात्मक भएता पनि पर्याप्त छैन । किन की साढे चार लाख नेपाली भएको ठाउँमा एक जना श्रम सहचारी भनेको हात्तीको मुखमा जीरा जस्तै हो । सरकारले यसलाई गम्भिर रुपमा लिनु पर्छ र पर्याप्त मात्रमा श्रम सहचारीको संख्या बढाउनु पर्दछ ।

  • नेपालको राजनैतिक दललाई के छन् तपाईको सुझावहरु ?

हामी प्रवासी नेपाली भएका हुनाले सबै भन्दा पहिला त देशमा रहेका राजनैतिक दलहरुले देशलाई आत्मनिर्भर बनाउने दिशामा अगाडी बढाउनु पर्याे । उद्योग कलकारखानाको बिकाश गरी लाखौं प्रवासी नेपाली युवाहरुलाई स्वदेश भित्र नै रोजगारको ब्यबस्था हुनु पर्यो । आफ्नो दल, गुट र ब्याक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको निम्ति काम गर्नु पर्यो । कुर्सि र धन सम्पथिको जोहो जोर्ने माध्यम नभइ देश र जनताको जीवन उत्थान गर्ने महान अभियान हो राजनीति भन्ने कुरालाई उहाँहरुले आत्मसात गर्नु पर्यो । यही सुझाब दिन चाहन्छु ।

  • अन्तमा: तपाइले जोड दिएर भन्न चाहेका केही छन् की ?

खास गरी प्रवासी नेपालीहरुलाई म केही भन्न चाहन्छु । हामी प्रवासमा केही आय आर्जन गर्न आएका छौं । मेहेनत गरांै, इमान्दरीताका साथ काम गरौं । जति हुन्छ आय आर्जन गरेको रकम सदुपयोग गरौं । हाम्रो पाखुरासँग हाम्रा स–साना बालबालिकाको भविष्य जोडिएको छ । देशको अर्थतन्त्र जोडेको छ । त्यसलाई कहिल्यै नविर्सौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here