विखण्डनकारी अभिव्यक्ति दिने सिकेलाई कुनै कार्बाही नगरेको भन्दौ युवक संघद्वारा आपत्ती

0
174

असौज ५, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) निकट रहेको अखिल नेपाल युवक संघले यतिवेला विभिन्न बिषयहरुमा खबरदारी गर्दै जागौं युवा लागौं युवा भन्ने राष्ट्रिय अभियान सन्चालन गरिरहेको छ । सो अअियान अन्तर्गत संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले एक विज्ञप्ती प्रकाशित गरि देशमा भइरहेका राजनीतिक घटनाक्रम र परिघटनाहरु माथि आफ्नो संघको धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष घिमिरेले लेखेका छन्ः “तेस्रो संविधान दिवसको दिन मधेसमा सिके राउतले दिएको राष्ट्रद्रोही अभिब्यक्ती प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उनले मधेसलाई छुट्टै देश हो, यो नेपालमा पर्दैन, दक्षिण एशियाको नयाँ देश भन्दै भासण गरे । अहिले मात्र होइन पटकपटक उनले यस्तो अभिव्यक्ति दिने गरेका छन् । तर राष्ट्र बिखण्डनको कुरा गर्ने ती देशद्रोहीलाई कुनै नियन्त्रण नगर्ने र कुनै कार्बाही नगर्ने सरकारप्रती आपत्ति जनाउन चाहन्छौं । त्यस्ता बिखण्डनकारीलाई हदैसम्मको कार्बाही गर्न जोडदार माग गर्दछौं ।”

त्यस्तै घिमिरेले संघीयताको कारण कर बढ्ने र करको कारण महंगि बढिरहेको बताएका छन् । “प्रदेशका विभिन्न संरचनाहरु काम नपाएर बसिरहेका छन् तर राज्यको ढुकुटी सकिइरहेको छ । स्थानीय निकायमा गएको बजेट पारदर्शी रुपमा खर्च भैरहेको छैन र भ्रष्टाचार बढिरहेको छ । यस्तो अबस्थामा जनताले शुशाशन पाउने स्थिती छैन । त्यसैले संघीयता खारेज गर्न र स्थानीय निकायलाई अझै मजबुत र पारदर्शी बनाउन जोडदार माग गर्दछौं ।”

देशमा बलात्कार र हत्या का घटनाहरु बढिरहेका छन् यसबारे संघका अध्यक्ष घिमिरेले विज्ञप्तीमा लेखेका छन्ः “..तर उपल्लो निकायकै संरक्षणमा प्रमाणहरु नष्ट गर्ने र दोषीहरु उम्किरहेको देखिन्छ । यसले कानुनी शाशनको धज्जि उडाइरहेको छ । यी बिषयमा तत्काल अधिकार सम्पन्न निश्पक्ष छानबिन आयोग बनाइ दोषीलाई हदैसम्मको कार्यबाहीको माग गर्दछौं ।”

“बामपक्षिय नेतृत्वमा सरकार भएपनी नेपाली जनताले अपेक्षा गरेअनुसारको उल्लेख्य काम गर्न नसक्नु बिडम्बना नै हो ।” घिमिरेले भनेका छन्– “सरकारले परम्परागत, यथास्थितिबाट माथी उठ्न सकिरहेको छैन । हामीले सरकारको यस्ता प्रकारका रबैयाको बिरोध गर्न चाहान्छौं ।”

छिमेकी देशबाट भइरहेको हस्तक्षेप र नेपालको नक्शामा समेत भएको दखल बारे घिमिरेले विज्ञप्तीमा उल्लेख गरेका छन्– “नेपालको नक्शामा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतका भुभाग देखाइएको छैन । भारतले तयार गर्ने नक्शाहरुमा पहिले पनि यस्तो गरिएको थियो । अहिले नापी बिभागले भारतीय बिस्तारबादी डिजाइनमा नै उक्त हर्कत गरेको हो । नेपालको नक्सा हेरफेर गर्ने यसप्रकारको कार्य नेपालको सार्बभौमिकता विरुद्धको भएकोले घोर भत्सर्ना गर्दछौं र तत्काल त्यसलाई सच्चाउन माग गर्दछौं ।”

नेपाल र भुटानमाथि सार्वभौमीकता माथि नै आँच पुग्ने गरि भारतीय सेना प्रमुख विपिन रावतको अभिव्यक्ति कडा रुपमा आपत्ति प्रकट गर्दै विज्ञप्तीमा घिमिरेले लेखेका छन्– “हस्तक्षेप भारतीय सेना प्रमुख बिपिन रावतले नेपाल र भुटान जस्ता देशहरु भारत भन्दा टाढा जान नसक्ने र भारतप्रति नै झुकाब राख्नुपर्ने भन्दै बिबादास्पद अभिव्यक्ति दिएका छन् । यो आपत्तिजनक र निन्दनीय कार्य भएकोले भत्सर्ना गर्न चाहन्छौं । एउटा स्वतन्त्र र सार्बभौम देशमाथी कुनै हस्तक्षेप नगर्न चेतावनी दिन चाहन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here