विखण्डनकारीको नागरिकता खारेज गरौँ : चन्द्र भण्डारी

0
341

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्तगर्दै राष्ट्रहितमा आँच आउने काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।

साक्षात्कारमा बोल्दै भण्डारीले भने, ‘संसारमायति अराजक र भ्रष्ट कहिँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।’

नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुननसकेको भण्डारीको तर्क थियो । ‘नेतामा लगाव भएन । राष्ट्रवादी नेता कोही पनि छैनन्’, उनले भने ।

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बुढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।

अन्नपूर्णबाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here