वार्सिलोनामा नेपालको समसायिक विषयमा छलफल

0
177

वार्सिलोना । स्पेन नेपाली एकता समाजको आयोजनामा, गैर आवासीय नेपाली संघको कार्यालय बार्सिलोनामा सम्पन्न “नेपालको समसामयिक विषयमा छलफल, भेटघाट तथा परिचयात्मक” कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट पाल्नुभएका राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी तथा स्पेन स्थित नेपाली संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम पश्चात स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माले उत्साह जनक सहभागिताले थप उर्जा प्राप्त गरेको बताउनु भयो । “परदेशी भुमीमा हामी सबै अत्यन्त व्यस्त छौं । व्यस्तताका बाबजुद पनि आफ्नोअमूल्य समय निकालेर कार्यक्रममा यहाँहरुको उपस्थितिले कार्यक्रम थप ओजिलो भएको महसुस गरेका छौं ।” शर्माले अगाडि भन्नु भयो– “आगामी दिनमा समेत यसरी नै सहयोग र सहकार्यको अपेक्षा राख्दछौँ । कार्यक्रमको लागि हल उपलब्ध गराएर सहयोग गर्ने गैर आवासीय नेपाली संघ स्पेनलाई विशेष धन्यवाद दिन चाहन्छौं ।”
कार्यक्रममा सहभागी भई आ–आफ्ना धारणा राख्नुहुने अध्यक्ष एवं प्रतिनिधी, सहभागिहरु र पत्रकार सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here